• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, News » २०७१ सालमा ५२ दिन शनिबार, १८ दिन पर्व बिदा
२०७१ सालमा ५२ दिन शनिबार, १८ दिन पर्व बिदा

काठमाडौं– गृह मन्त्रालयले २०७१ सालको सार्वजनिक विदाको सूची सार्वजनिक गरेको छ। राजपत्रमा प्रकाशित सूचनाअनुसार आगामी वर्ष ५२ दिन शनिबारको बिदा परेको छ भने १८ दिन पर्व बिदा छ।

पर्व बिदामध्ये नयाँ वर्ष, उभौली, जनै पूर्णिमा, गौरा, ईद, छठ, बकर ईद, उधौली, क्रिसमस, तमू लोसार, माघी, सोनम लोसार, महाशिवरात्री, ग्याल्बो लोसार, अन्तर्राष्ट्रिय महिला दिवस, फागु पूर्णिमा छन्। जसमध्ये फागु पूर्णिमा, सिरुवा पावनी पर्व, धवथाम्वु छेउचिक पर्व केही सीमित जिल्लामा मात्र छ।

त्यसैगरी हरितालिका, ऋषि पञ्चमी, जितिया पर्वको तीन दिनको बिदा महिलाका लागि मात्र छ। वसन्त पञ्चमीको बिदा शिक्षण संस्थामा मात्र छ भने गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडे जात्रा काठमाडांै उपत्यकामा मात्र छ।

विजया दशमीमा सात दिन दसैं बिदा र तिहारमा तीन दिन बिदा छ। त्यस्तै सात दिन विभिन्न राष्ट्रिय दिवस बिदा रहेको छ, जसमा लोकतन्त्र, विश्व मजदुर, गणतन्त्र, निजामती सेवा, अन्तर्राष्ट्रिय अपांग, सहिद र प्रजातन्त्र दिवस छन्।

विभिन्न धर्मालम्बीका बुद्धजयन्ती, श्रीकृष्ण जन्माष्टमी, गुरु नानक, रामनवमी र महावीर जयन्तीका अवसरमा पाँच दिन बिदा परेको छ।

प्रकाशित मिति: March 05, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |