संसदमा गृहमन्त्रीले दिए अनशनरत दम्पत्तिबारे जवाफ
फागुन २२ । गृहमन्त्री वामदेव गौतमले तीन महिनादेखि अनशनरत गोरखाका अधिकारी दम्पत्तिबारे संसदलाई जवाफ दिएका छन् ।बिहीबारको संसद बैठकमा जवाफ दिँदै गृहमन्त्री गौतमले कृष्णप्रसादको हत्यासम्बन्धी घटनाको सरकारले गम्भीरतापूर्वक अनुसन्धान भईरहेको भन्दै असन तोड्न आग्रह पनि गरेका छन् ।
हत्यामा संलग्न भनिएकाहरुलाई कानुनी दायरामा ल्याउन सरकार गम्भीर रहेको भन्दै उनले अधिकारी दम्पत्तिलाई अनसन तोड्न आग्रह गरे ।
सशस्त्र द्वन्द्वका चितवनमा भएको कृष्णप्रसादको हत्यामा संलग्न भनिएका रुद्र आचार्यलाई पक्राउ गर्न इन्टरपोलबाट पक्राउ पूर्जी जारी गरिसकेको जानकारी पनि गृहमन्त्री गौतमले सदनलाई जानकारी गराएका छन् ।
प्रकाशित मिति:
March 06, 2014