• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » उता यूक्रेन र यता यहाँ नेपाल
उता यूक्रेन र यता यहाँ नेपाल


भरत दाहाल/टिप्पणी
सामरिक महत्वका कारणले सैयैां बर्षदेखि युद्धको केन्द्र बन्दै आएको क्रिमिया यूक्रेनबाट छुट्टीने तयारीमा छ । यूकेन अहिले विश्वका महाशक्तिहरूको युद्ध रणनीतिको चपेटामा परेको छ ।


पुटीन अकारण पश्चिमी शक्तिहरूप्रति आक्रामक बनेका छैनन्। गोर्वाचेभको फितलो विचार र बोरीस एल्त्सीनको पश्चिम भक्तिका कारणले १५ टुक्रामा विभाजित भएको सोभियत संघको एउटा भाग रूसलार्इ छिन्नभिन्न पार्ने षडयन्त्रलार्इ पश्चिमाहरूले कहिल्यै बन्द गरेनन्। तिनीहरूकै योजनामा चेचेनियामा लामो समयसम्म पृथकतावादी युद्ध चल्यो । पोलैंड, जर्जिया र यूक्रेनलार्इ प्रयोग गरेर तिनीहरूले रूसको घेराबन्दीको प्रयासलार्इ जारी राखे। केजीबिका पूर्व प्रमुख पुटीन यसै कारण पश्चिमाहरूसंग झस्किएका हुन्।

रूसमा जे देखिन थाल्यो, यस्तो दृष्य ९० को दशकको सुरूदेखि नै चीनका विरूद्धमा पनि देखा पर्यो। सोभियत संघबाट अलग्गीएको उज्वेकिस्तानमा पश्चिमाहरूले नेटोले सेना तैनाथ गरेर सिन्जियानका उइगुरहरूलार्इ चीनका विरूद्धमा भड्काउन थाले। अफगानिस्तान, भारत हुँदै पूर्वी प्रशान्त क्षेत्रसम्म पञ्जा फैलाएर चीनका विरूद्धमा घेराबन्दी पूरा गरेपछि उत्तर कोरीयालार्इ बहाना बनाएर तनाब सिर्जना गर्न थाले। जापान र कोरीयालार्इ यचालेर चीनसंग समुद्री टापु विवादको नाममा सैन्य अभ्यास सुरू गरे।

नेपाल अहिले ठिक यहि रणनीतिको शिकार हुँदैछ। यहाँ अस्थिरताको चक्रको एउटा अहं कारण तिब्बतको प्रश्न हो । पश्चिमी शक्तिहरू र भारत समेतको गठबन्धनमा नेपाललार्इ स्वतन्त्र तिब्बतको अखाडा बनाउन खोजिंदैछ। नेपालमा उठार्इएको जातिय राजनीति र थत्यससंग जोडिएको आत्म निर्णयको अधिकारको असलियतलार्इ बुझ्न सुडान र यूक्रेन हेरे पुग्छ। नेपालको संविधानसभा र १२ बुँदेको राजनीति त्यसैको पूर्वी एशियालि सँस्करण हो।

प्रकाशित मिति: March 03, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |