• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » प्रधानन्यायाधीशका लागि सर्वोच्चका पाँच स्थायी न्यायाधीश छानिए
प्रधानन्यायाधीशका लागि सर्वोच्चका पाँच स्थायी न्यायाधीश छानिए

काठमाडौं १९ फागुन । न्याय परिषद्ले प्रधानन्यायाधीश नियुक्तिका लागि सर्वोच्च अदालतका पाँच स्थायी न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाएको छ । 

न्याय परिषद्ले सोमवार कायम मुकायम प्रधानन्यायाधीश दामोदर शर्मासहित पाँच जना स्थायी न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाएको हो । तत्तकालिन प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि शर्मा कामु प्रधानन्यायाधीश बनेका हुन् । 

मन्त्रिरिषद् अध्यक्षबाट हटेपछि रेग्मीले गत माघ २८ गते प्रधानन्यायाधीशबाट पनि राजीनामा दिएका थिए । त्यसपछि प्रधानन्यायाधीको पद खाली रहेको छ । न्याय परिषद्को बैठकले पाँच जनाको नाम प्रस्ताव गरेको परिषद्ले जानकारी दिएको छ ।

 परिषद्का अनुसार प्रधानन्यायाधीशका लागि प्रस्ताव गरिएका नामहरुमा शर्मासँगै न्यायाधीशहरु रामकुमारप्रसाद साह, कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशीला कार्की छन् । संवैधानिक परिषद्ले प्रस्तावित न्यायाधीशबारे छानबिन गरी व्यवस्थापिका–संसद्को संसदीय सुनुवाइ समितिमा एक जनालाई संसदीय सुनुवाइका लागि सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: March 03, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |