प्रधानन्यायाधीशका लागि सर्वोच्चका पाँच स्थायी न्यायाधीश छानिए

न्याय परिषद्ले सोमवार कायम मुकायम प्रधानन्यायाधीश दामोदर शर्मासहित पाँच जना स्थायी न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाएको हो । तत्तकालिन प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि शर्मा कामु प्रधानन्यायाधीश बनेका हुन् ।
मन्त्रिरिषद् अध्यक्षबाट हटेपछि रेग्मीले गत माघ २८ गते प्रधानन्यायाधीशबाट पनि राजीनामा दिएका थिए । त्यसपछि प्रधानन्यायाधीको पद खाली रहेको छ । न्याय परिषद्को बैठकले पाँच जनाको नाम प्रस्ताव गरेको परिषद्ले जानकारी दिएको छ ।
परिषद्का अनुसार प्रधानन्यायाधीशका लागि प्रस्ताव गरिएका नामहरुमा शर्मासँगै न्यायाधीशहरु रामकुमारप्रसाद साह, कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशीला कार्की छन् । संवैधानिक परिषद्ले प्रस्तावित न्यायाधीशबारे छानबिन गरी व्यवस्थापिका–संसद्को संसदीय सुनुवाइ समितिमा एक जनालाई संसदीय सुनुवाइका लागि सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।
प्रकाशित मिति:
March 03, 2014