• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, News, photo Gallary » फलोअपः ठूलाबडाको सवारीमा जनतालाई सास्ती, दुःख दिने काम बन्द गर्न प्रधानमन्त्रीको निर्देशन
फलोअपः ठूलाबडाको सवारीमा जनतालाई सास्ती, दुःख दिने काम बन्द गर्न प्रधानमन्त्रीको निर्देशन

टेनिस रोका
फागुन १९ । प्रधानमन्त्री सुशिल कोइरालाले आफ्नो सवारीमा सुरक्षा निकायले सडकमा सार्वजनिक यातायात र नीजि गाडी गुडाउन लगाएको रोकको विरोध गरेका छन् ।

यसअघिका कुनै पनि प्रधानमन्त्रीहरुले यस्तो असन्तुष्टि नजनाए पनि कांग्रेस सभापति समेत रहेका सुशिल कोइरालाले भने सवारीका बेला सर्वसाधरणलाई सार्वजनिक यातायातमा लगाएको रोकप्रति मुख्यसचिव लीलामणी पौडेलसँग असन्तुष्टि जनाएका हुन् ।

तर, वर्षदिन अगाडी नै राष्ट्रपति डा. रामवरण यादवले भने आफ्नो सवारीका बेला सर्वसाधरणलाई बाटो छेकेर दुःख नदिनु भन्ने समाचार आएको थियो । त्यसको अहिलेसम्म पनि कार्यान्वयन भएको छैन भने राष्ट्रपति पनि बाटो छेकेको देख्दा देख्दै मौन बस्दै आएका छन् ।
तस्बीरः सेतोपाटी डटकम
सवारीका बेला सार्वजनिक तथा नीजि सवारी आवतजावतमा रोक लगाउँदा लोकतान्त्रिक गणतन्त्रमा पनि राजा महाराजाहरुको झझल्को दिने गरी दुःख दिने गरेको भन्दै सर्वसाधरण भने आक्रोशित हुँदै आएका छन् । यस विषयमा यसअघि हेलोखबरले सैनिक दिवसका दिन फोटो फिचरसहितको सामग्री प्रकाशित गरेको थियो । (हेर्न यहाँ क्लिक गर्नुहोस् ।)

हेलोखबरमा समाचार प्रकाशितपछि प्रधानमन्त्री कोइरालाले भने सर्वसाधरणलाई दुःख दिने काम बन्द गर्न भनेका छन् । कोइरालाले मुख्य सचिव पौडेलसँग जनताको प्रधानमन्त्री जनतासँगै बाटोमा हिँड्नुपर्छ भन्दै मेरो यात्राका बेला किन अन्य गाडी गुडाउन रोक लगाएकोरु यस्तो गर्नुभएन भनेर भनेको कुरा अन्नपूर्ण दैनिकले खबर छापेको छ ।

जनताको सुविधा पहिलो प्राथमिकता हो। जनतालाई दुःख दिने काम गर्नु हुँदैन भन्दै कोइरालाले यस्तो परम्परा अन्त्य गर्नुपर्ने र आफू म्यानमारबाट फर्केपछि यो विषयमा ध्यान दिने समेत बताएका छन् ।

कोइराला बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी बंगालको खाडीको प्रयास (बिमस्टेक) को तेस्रो शिखर सम्मेलनमा भाग लिन आइतबार त्यसतर्फ जान लाग्दा सुरक्षाकर्मीले सडकमा सर्वसाधारणका गाडी चल्न रोक लगाएका थिए।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीहरुको सवारीका बेला बाटो रोकेर सार्वजनिक तथा नीजि सवारी साधान आवात जावातमा रोक लगाइँदै आइएको छ । 'विदेशी विशेष व्यक्तित्वहरु आउँदा ठिकै हो, सुरक्षा सम्वेदनशिलताको पनि ख्याल गर्नुपर्छ', एक सार्वजनिक सवारी चालक भन्छन्, 'जनताको नेता, जनताका राष्ट्रपति, जनताका प्रधानमन्त्री भन्ने अनि हैरानी दिनु त भएन नि ?'

प्रधानमन्त्री कोइरालाले सवारीका बेला सर्वसाधरणलाई दुःख दिने काम बन्द गर्न निक्कै चासो देखाए पनि राष्ट्रपति भने करिब वर्षदिन अघि यो विषयमा एक पटक समाचारमा आए । त्यसपछि बेपत्ता जस्तै छन् ।

प्रकाशित मिति: March 03, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |