नेता ओलीलाई केका कारण संक्रमण भएको भन्ने डाक्टरले अझै पत्ता लगाउन सकेनन्

काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालमा एक हप्ता भर्ना भएर थप उपचारका लागि ओली फागुन १८ गते नयाँ दिल्ली गएका थिए।
नेता ओली मिर्गौलाका दीर्घरोगी हुन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेपछि भारत गएर छ वर्षअघि, २०६४ साउनमा, उनले मिर्गौला प्रत्यारोपण गरेका थिए।
अघिल्लो वर्ष पनि उनको शरीरमा गम्भीर संक्रमण देखिएपछि एयर एम्बुलेन्स झिकाएर बेहोस अवस्थामै उनलाई दिल्ली लगिएको थियो ।
प्रकाशित मिति:
March 09, 2014