युवती प्रयोग गरी काठमाडौंमा आधा दर्जन चोर पक्राउ

स्थानीयले प्रहरीले समान चोरी हुने गरेको पटक पटक गुनासो गरेपछि फिल्म हेर्न जाने बहानामा युवतीलाई फोन गर्न लगाएर चोर पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरका सोम लामा पाख्रिन, राजेन्द्र रुम्बा, अशोक लामा, विष्णु मोक्तान रामसिंह थोकर र रोगम तामाङ रहेको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक वीरबहादुर मगरले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाहरुले थानकोट क्षेत्रमा लामो समयदेखि ल्यापटप कम्प्युटर, मोबाइल र सुनका गरगहना चोरी गर्दै आएका थिए । पछिल्लो समय थानकोटका ऋषि श्रेष्ठको घरबाट ल्पापटप चोरी भएपछि प्रहरीले युवतीमार्फत चोर समातेको हो ।
प्रकाशित मिति:
March 09, 2014