सरकारले केही दिनमै २६ जना सभासदको मनोनयन गर्छ : मन्त्री सिंह

प्रेस युनियन पाल्पाले बुधवार तानसेनमा गरेको कार्यक्रममा उनले संविधानसभाले पूर्णता नपाएकाले अब केही दिनमै २६ जना सभासदको मनोनयन हुने बताए ।
सिंहले दलहरुवीच सकभर सहमतिवाटै विवादीत विषय टुंग्याउने त्यसो नभए बुहमतीय प्रक्रियावाट भएपनि टुंगो लगाएर संविधान जारी गरिने समेत बताएका छन् ।
विधानसभाले स्थानीय निकाय लामो समयदेखि जनप्रतिनिधिविहीन हुँदा विकास निर्माणको काम हुन नसकेको स्वीकार गर्दै उनले सरकारले स्थानीय निकायको निर्वाचनका लागि आवश्यक प्रक्रिया अघि वढाइसकेको पनि बताए ।
प्रकाशित मिति:
March 05, 2014