विश्वकपको पहिलो खेलमा नेपालको सानदार जित, ८० रनले हङकङ पराजित
फागुन ३ । ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपालले सानदार प्रदर्शन गरेको छ । हङकङविरुद्ध मंगलबार ढाकामा भएको खेलमा नेपालले ८० रनले पराजित गरेको छ ।

नेपालले पहिले ब्याटिङ गर्दै आठ विकेट गुमाएर १ सय ४९ रन बनायो भने जवाफी नेपालको बलिंगमा हङकङ टिम १७ ओभरमा ६९ रन बनाउँदै अलआउट अलआउट हुन पुग्यो ।
नेपालको जितमा स्पिनरद्वय शक्ति गौचन तथा वसन्त रेग्मीले महत्त्वपूर्ण योगदान दिए । उनीहरु दुई जनाले ३ ३ विकेट लिएका थिए । शक्ति नौ रनमा तीन विकेटका लागि 'म्यान अफ द म्याच' पनि भए ।
यसअघि पारस र उपकप्तान ज्ञानेन्द्र मल्लले मजबुत स्कोर खडा गर्न मद्दत गरे । ज्ञानेन्द्रले सर्वाधिक ४८ रन बनाए । पारसले ४१ रन जोडे । प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेल र सागर पुनले ठोस सुरुआत गर्दै नेपालको जितको आधार खडा गरे ।
अब नेपालले विश्वकप अन्तर्गत दोस्रो खेल भोली बंगलादेशसँग खेल्दैछ ।
प्रकाशित मिति:
March 17, 2014