पूर्वगृहमन्त्री जोशीको अवस्था झनै जटिल, भोलि भारत लगिने

पेटको समस्याले नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनलाई भोलि बुधबार नयाँ दिल्लीस्थित मेदान्त अस्पताल लगिँने भएको हो।
पटक पटक वान्ता भएर ब्लडप्रेसर घटेपछि जोशीलाई सोमवार नर्भिक अस्पताल भर्ना गरिएको हो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार अहिलेसम्मको परीक्षणबाट प्याङ्क्रियाजमा फङ्गस इन्फेक्सन देखिएको छ।
जोशीलाई भेट्न प्रधानमन्त्री सुशील कोइराला, मन्त्रीहरु र कांग्रेस नेता अस्पताल पुगेका छन्।
प्रकाशित मिति:
March 25, 2014