सुनको भाउ सुसुप्त उकालो चढ्दै

गत शुक्रवार ५६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको प्रतितोला सुन शुक्रवार मूल्य बढेर ५७ हजार पाँच सय पुगेको हो । शुक्रवार एकै दिनमा सुनको मूल्य चार सय रुपैयाँले बढेको हो । यता चाँदीको मूल्य पनि सातामा स्थिर रह्यो । तर चाँदीको मूल्य शुक्रवार भने तोलामा आठ सय ७५ पुगेको छ ।
डलरको भाउमा भएको वृद्धिले सुनको मूल्य बढाउन केही सहयोग गरेको देखिन्छ । विहीवार ९७।६० रुपैयाँमा डलरको कारोबार ९बिक्री० गरिरहेका बैंकहरुले शुक्रवार भने ९८।६० मा कारोबार गरेको छ । सुनको आयत डलर तिरेर गरिने भएकोले पनि मूल्यमा प्रभाव पर्छ ।
त्यस्तै, अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेको भएपनि भारतमा भने बिहीवार बजार बन्द हुँदा र शुक्रवार करिब सवा एक बजे मूल्य घटिरहेको सञ्चार माध्यमले उल्लेख गरेका छन । भारतीय बजारमा १० ग्राम सुनको मूल्य ३४ भारुले घटेको छ । त्यहा प्रतिदश ग्राम सुन ३० हजार पाँच सय १५ मा कारोबार भइरहेको छ । विहीवार बजार बन्द हुँदा सोही परिमाणको सुन ३० हजार पाँच सय ४९ भारुमा कारोबार भइरहेको थियो ।
प्रकाशित मिति:
March 14, 2014