जिउँदै छँदा ट्विटरमा नायिकाको हत्या
चैत्र । भारतकी एक चर्चित अभिनेत्री आशा पारेख जिवित नै भएपनि ट्विटरमा भने उनलाई आत्महत्या गराइएको छ ।
उनको मृत्यु भएको भनेर ट्विटरमा ट्विटहरु गरिए पनि त्यो सबै असत्य थियो । यतिसम्म कि सन् ६० र ७० को दशककी लोकप्रिय नायिका पारेखको निधन भएको ट्विट सिएनएन आइबिएनका प्रधान सम्पादक राजदीप सरदेसाइले समेत गरेका थिए ।
यता, क्रिकेटर सञ्जय मञ्जरेकरले पनि उनको मृत्यु भएको गलत खबर ट्विट गरेका थिए।
तर पछि जब यो असत्य भन्ने थाहा पाएपछि दुवैले गल्ती भएको भन्दै माफी मागेका छन्। कुनै आधिकारिता बिना सामाजिक सञ्जालमा यसरी हल्ला चलाउँदा उनीहरुले माफी माग्नु परेको हो ।

प्रकाशित मिति:
March 28, 2014