कांग्रेसकै नेताले भने- 'सरकार एकलौटी अघि बढ्यो'
वैशाख १५ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसकै नेता अर्जुननर सिंह केसीले सरकार एकलौटी रुपमा अघि बढेको आरोप लगाएका छन् ।
पार्टी केन्द्रीय सदस्य समेत रहेका केसीले सरकारलाई पार्टी बाहिरबाट चलाएको आरोप समेत लगाएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै केसीले आफ्नै पार्टी सभापतिको नेतृत्वमा सरकार भएपनि सरकार पार्टीसँग सल्लाह र सहमति नगरी एकलौटी अघि बढेको भन्दै लोकतन्त्रमा सबैभन्दा विश्वास गर्ने प्रधानमन्त्री कोइरालाका नेतृत्वको सरकार अलोकतान्त्रिक ढंगले अघि बढिरहेको आरोप समेत लगाए ।
प्रकाशित मिति:
April 28, 2014