जाजरकोटमा माओवादी नयाँ शक्ति समूहको पर्चा छ्यापछ्याप्ती
दिप बहादुर घर्ति
जाजरकोट १५ बैशाख । जाजरकोटमा सोमबार विहान देखि सदरमुकाम बजार भरी नेकपा माओवादी (नयाँ शक्ति समुह) पार्टी को पर्चा व्यापक रुपमा पाईएको छ । एकीकृत नेकपा (माओवादी) जाजरकोट जिल्लाको तेस्रो सम्मेलन चलिरहेको बेला यस्तो पर्चा पाईएको हो ।
एकीकृत नेकपा (माओवादी) जाजरकोट जिल्ला सम्मेलनलाई प्रभावित पार्ने गरी नेकपा माओवादी (नयाँ शक्ति समुह) का केन्द्रिय अध्यक्ष विश्वद्धारा हस्ताक्षेरित पर्चाहरु छरिएका छन । उक्त पर्चा छराईले एकीकृत नेकपा ( माओवादी ) पार्टी विभाजनको तिर्व संघारमा रहेको जाजरकोटमा एका विहानै देखि चर्चा चल्न थालेको छ ।
एकीकृत नेकपा ( माओवादी ) को विराटनगर राष्ट्रिय सम्मेलनको पुर्वसध्यामा देश ब्यापी जिल्ला सम्मेलन चलिरहेको वेला कतै जिल्लाको मुल नेतृत्वनै छनौट गर्न नसक्नु त प्राय जिल्लाहरुमा तिर्व विवाद सहित समानन्तर जिल्ला समितिहरु गठन गरिनुको श्रृङखलाका रुपमा जाजरकोटमा माओवादी ( नयाँ शक्ति समुह ) को पर्चा आउनुलाई धेरैले आशंकाका रुपमा हेर्न थालेका छन् ।
छरिइएका पर्चामा एकीकृत नेकपा ( माओवादी ) मा नेतृत्व र कार्यादिशाको सही तालमेल नहुदा आज समग्र शान्ति प्रक्रिया ओझेलमा परेको कुरालाई उल्लेख गरिएको छ । साथै पार्टी भित्रै नयाँ सामन्त र नवधनाढ्य वर्गको उदय भएको चर्चा गरिएको छ । उक्त पर्चामा कसैले बहु बिवाह गरिरहेका छन भने कसैले अन्तरजातिय विवाहलाई घृणा गरिरहेका छन भनिएको छ । साथै संविधान सभा बाहीर रहेको नेकपा –माओवादीलगाएतका दलहरु यो प्रक्रियानै गलत भएको फरकवाटो अंगाल्नु पर्ने बताईरहे पनि अहिले उनीहरु आन्तरिक खिचातानी र कार्यदिशा विहीन भइरहेको अवस्था उल्लेख गरिएको छ । अबको विकल्पका रुपमा दूई वटा तरिका बताइएको छ ।
पहिलो तरिकाका रुपमा देशमा सबै शक्तिलाई रुपान्तरण सहित एकताबद्ध गरि स्वाधिन आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै उच्च प्रकारको आर्थिक सम्वृद्धिवाट मुलुकमा स्थायित्व कायम गरेर मौलिक ढंगले समाजवादी क्रान्ति तर्फ अगाडी वढ्ने । दोश्रो तरिका जनावदी क्रान्ति अर्थात क्रान्तिकारी बैज्ञानिक भुमीसुधार लागु गर्न भुमीहिन, सुकुम्वासी,मुक्तकमैया,किसान,मजदुर लगाएत उत्पीडित सर्वहारा जनता एकताबद्ध भइ गरिने ग्रामिण वर्ग संघर्षलाई चर्चा गरिएको छ ।
प्रकाशित मिति:
April 28, 2014