प्रहरी महानिरीक्षकद्धारा गृहमन्त्रीको अभिव्यक्तिको घुमाउरो भाषामा खण्डन
चैत्र २९ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले गृहमन्त्री बामदेव गौतमको अभिव्यक्तिको घुमाउरो भाषामा खण्डन गरेका छन् ।
उनले काठमाडौका प्रहरी प्रमुख एसएसपी रमेश खरेलका सम्बन्धमा गृहमन्त्री वामदेव गौतमले हालै व्यक्त गरेको भनाईमा उनले प्रहरीभित्र सबैले चेन अफ कमाण्ड मान्नुपर्ने बताउँदै गृहमन्त्रीको अभिव्यक्तिको घुमाउरो भाषामा खण्डन गरेका हुन् ।
गृहमन्त्रीले केही दिनअघि काठमाडौं प्रहरी प्रमुख खरेललाई सेलिब्रेटी बन्न खोजेको आरोप लगाउँदै आफूलाई भेट्न नआएको भन्दै आक्रोश पोखेका थिए ।
शनिबार धनगढीमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा खरेलले चेन अफ कमाण्ड मानेको उनले बताए । रेलले चेन अफ कमाण्ड मेन्टेन गरेको उनको भनाई छ ।
प्रकाशित मिति:
April 12, 2014