हेलिकप्टर चढेकोबारे मिडियामाथि खनिए गृहमन्त्री
बैशाख १६ । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले चार सय गुण्डा नियन्त्रणमा लिएको दाबी गरेका छन् ।
मंगलवार राजधानीमा आयोजित एक क्रार्यक्रमा गौतमले यस्तो दाबी गरेका हुन् । त्यसैगरी उनले गुण्डागर्दी तथा अपराध नियन्त्रण अभियानको प्रभावकारिताका कारण मुलुकभरका गुण्डाहरु सबै लुकेको र निश्क्रिय भएको तर्क पनि गरे । ‘कानून हातमा लिने र गुण्डागर्दी गर्नेहरु करिब ४ सयको हाराहारीमा पक्राउ परेका छन,’ उनले भने, ‘काठमाडौं उपत्यकामा गुण्डागर्दी शुन्यमा झरेको छ ।’
उनले मन्त्रिपरिषदको आगामी बैठकबाट केही प्राविधिक पक्ष मिलाई प्रहरीको प्रमोशन गरिने पनि दाबी गरे । अध्यागमन सेवालाई प्रभावकारी बनाउन निर्देशन दिएको, कारागार सुधारको पहल थालेको, अव्यवस्थित फुटपाथ व्यवसायलाई व्यवस्थापन र ट्राफिक प्रहरी व्यवस्थापन सरल बनाउन पाँचबुदे र २२ बुँदे निर्देशन दिएको पनि गौतमले बताए ।
गृहमन्त्रीले गौतम उक्त कार्यक्रममा मिडियामाथि पनि आक्रमक रुपले प्रस्तुत भए । पार्टीका कार्यक्रमहरुमा हेलिकोप्टर प्रयोग गरेको मिडियामा गलत समाचार आएको भन्दै उनले समाचार छाप्ने पत्रिकाको नामै लिएर उछितो काढेका थिए । गृहमन्त्री गौतमले सोमबार आफू अर्घाखाँचीको कार्यक्रममा सहभागी हुन जाँदा हेलिकोप्टर खर्च २० लाख रूपैयाँ लागेको भनेर पत्रिकाले गलत समाचार छापेको भनेर त्यसको खण्डन गरे । अर्घाखाँची जाँदा सरकारको पैसा खर्च नभएको र स्वर्गद्वारीको विकासको सन्दर्भमा जाँदा हेलिकोप्टर खर्च ३ लाख ९८ हजार मात्र लागेको उनले सञ्चारकर्मीहरुलाई फेहरिस्त सुनाए ।
अध्ययन नगरी व्यक्तिको चरित्र हत्या गर्ने गरी समाचार प्रकाशित भएको भन्दै उनले समाचार प्रकाशन –प्रशारण गर्ने सञ्चार माध्ययमले त्यसको जवाफदिनु पर्ने माग गरे । उनले हालसम्म विभिन्न आयोजक र सहयोगीको सहयोगमा हेलिकोप्टर चढेको र राज्यको एक पैसा खर्च नगराएको पनि दाबी गरे ।

प्रकाशित मिति:
April 29, 2014