संसद् बैठकमा दिइयो विपक्षीलाई बोल्न
काठमाडौँ, १८ जेठ । व्यवस्थापिका–संसदको आजको बैठकमा अधिकांश सदस्यहरूले उठेर विरोध जनाएपछि सभामुख सुवासचन्द्र नेम्वाङले प्रमुख विपक्षीलगायत दललाई बोल्न समय दिएका छन् ।
बैठकमा एकीकृत नेकपा (माओवादी)का सभासद् जनार्दन शर्माले संसद् बैठक प्रारम्भ भएसँगै सरकारले गरेका काम कारबाहीका सम्बन्धमा आफ्ना दलका नेताले राखेका विषयलाई सम्बोधन गरेर समाधानको बाटोमा नलागेकाले बैठक सुचारु हुने स्थिति नरहेको बताए ।
उनले चारबुँदे सहमति कार्यान्वयन गर्न र जनचाहनाबमोजिमको संविधान बनाउन सरकार नलागेको, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन नभएको बताउँदै निर्वाचनमा भएको धाँधलीको छानबिन गर्न तत्काल संसदीय समिति गठन हुनुपर्ने माग गरे ।
उनले स्थानीय विकास मन्त्रालयमा निवेदन लिएर तोक आदेशको भरमा करोडाँै बजेट बिनायोजना वितरण गरिएकाले त्यसलाई तुरुन्त रोक्नुपर्ने बताए ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताले उठाएको मागको सम्बोधन हुनुपर्नेमा जोड दिँदै लोकतन्त्र भनेको जे मन लाग्यो त्यही गर्ने लुटतन्त्र होइन भने ।
उनले सिँचाइ मन्त्रालयमा रु ९५ करोड, भौतिकमा रु दुई अर्ब, स्थानीय विकासमा जनसहभागिताको कार्यक्रमको रु ३८ करोडसहित रु ५१ करोड ५० लाख वितरण गर्ने काम ष्टाचार हो भने ।

प्रकाशित मिति:
June 01, 2014