नेपाली कागजको डायरी कोरिया निर्यात
म्याग्दी २ असार । म्याग्दीको राम्चे गाविस–२ मा नेपाली कागजबाट निर्माण भएको डायरी विदेश निर्यात हुन थालेको छ ।
राम्चेको नांगीमा रहेको हिमाञ्चल हातेकागज तथा हस्तकला उद्योग निर्मित डायरीको दक्षिण कोरियामा निर्यात हुन थालेको हो ।
नेपाली कागजबाट निर्मित डायरी बलियो र टिकाउ हुने भएकाले दक्षिण कोरियाबाट माग आएपछि निर्यात गर्न थालिएको उद्योगका व्यवस्थापक चित्र तिलिजा पुनले जानकारी दिए ।
उनका अनुसार नमुनाका रूपमा कोरिया पठाएको डायरी त्यहाँका ग्राहकले मन पराएपछि थप तीन हजार थान डायरीको माग आएको छ । नेपाली कागजका लेखिएको अक्षर धेरै वर्षसम्म नमेटिने हुँदा महत्वपूर्ण विषयको टिपोट एवम् कलात्मक चित्र बनाउनका लागि नेपाली कागजबाट बनाइएको डायरी उपयोगी भएको व्यवस्थापक पुनले बताए ।
गाउँको जङ्गलमा खेर गइरहेको लोत्ताको सदुपयोग गरी कागज उत्पादन र रोजगारी सृजना गर्ने उद्देश्यले स्थानीय समुदायले विसं २०७० मा उद्योग स्थापना गरेका थिए । दक्षिण कोरियाका साथै अस्टे«लियामा पनि सामाजिक सञ्जाल र इन्टरनेटमार्फत डायरीको बजारीकरण भइरहेको छ ।
उद्योगमा नांगीका ११ जना महिलाले रोजगारी पाएका छन् । घरायसी कामबाट बचेको समयमा कागज र डायरी बनाएर भएको आम्दानीले घरखर्च चलाउन सहज भएको उद्यमी कुलमाया चोचाङ्गीले बताए । उनीहरूले दैनिक प्रतिव्यक्ति रु ३०० का दरले ज्याला पाउने गरेका छन् ।
जङ्गलबाट लोत्ता ल्याउने उपभोक्तालाई प्रतिकिलो रु ६५ का दरले नगद भुक्तानी गरिएको छ । कागज उद्योग स्थापना भएपछि स्थानीय नांगी सामुदायिक वनमा वर्षांैदेखि कुहिएर खेर गइरहेको अर्गेलीको लोत्ता सदुपयोग हुनुका साथै रोजगारी सृजना भई गाउँलेको आर्थिकस्तर सुधार गर्नसमेत मद्दत पुगेको हिमाञ्चल उच्चमाविका शिक्षक कृष्ण पुनले बताए ।
उद्योग सञ्चालनका लागि जिल्ला वन कार्यालय, बहुसरोकारवाला वन कार्यक्रम, सङ्गम म्याग्दी र दक्षिण कोरियाका प्राविधिकहरूले सहयोग गरेका छन् ।
गैरकाष्ठ वन पैदावारमा आधारित उद्यमलाई प्रोत्साहन गर्ने नीतिअनुसार गत वर्ष उपकरण खरिदका लागि रु एक लाख उपलब्ध गराएको उद्योगमा यस वर्ष पनि थप रु एक लाख अनुदान दिएको जिल्ला वन अधिकृत रामस्वार्थ शाहले बताए ।

प्रकाशित मिति:
June 16, 2014