भारतीय नागरिक ४० जना नागरिक इराकबाट अपहरण
नयाँ दिल्ली : भारतका ४० जना नागरिकलाई इराकी द्वन्द्वग्रस्त सहर मोसुलबाट अपहरण गरिएको छ। इराकी उत्तरी सहर मोसुललाई आफ्नो नियन्त्रणमा लिने क्रममा ती नागरिकलाई अपहरण गरिएको हो।
उनीहरुको अवस्था बुधबारसम्म पनि अज्ञात नै रहेको जनाइएको छ। मोसुलबाट अपहरित ती व्यक्ति इराकको निर्माण क्षेत्रमा कार्यरत मजदुर हुन्। सो समाचारको पुष्टिगर्दै भारतीय विदेश मन्त्रालयले उनीहरुको खोजीका लागि कूटनीतिक प्रयास जारी राखिएको जनाएको छ।
भारतीय विदेश मन्त्रालयले दिएको जानकारीअनुसार ती कामदारलाई हाल मोसुल सहर कब्जा गरेका इराकी विद्रोहीहरुले अपहरण गरेका हुन्। हाम्रा कयौं कूटनीतिक प्रयासका बाबजुद पनि हामी उनीहरुलाई सम्पर्कमा ल्याउन सकिरहेका छैनौँ र उनीहरुको अवस्था पनि अज्ञात नै रहेको छ– विदेश मन्त्रालयका प्रवक्ता सयीद अकबरुद्दिनले बताए। उनले ती व्यक्ति किन र कसले अपहरण गरेको हो भन्ने बारेमा पनि केही बताउन सक्ने अवस्था नरहेको पनि बताए।भारतले आफ्नो विदेश मन्त्रालयमा ती व्यक्तिको सूचना पाएमा खबर गर्नभन्दै एक कार्यालय स्थापना गरेको छ । तर बुधबार बिहानसम्म त्यस बारेमा कुनै सूचना नआएको बताइएको छ।
त्यसैगरी इराकमा जारी रहेको द्वन्द्वको अवस्थाको अध्ययनका साथै अपहरित आफ्ना कामदारको बारेमा सूचना प्राप्त गर्नका लागि भन्दै भारतीय विदेश मन्त्रालयले एकजना दूत इराक पठाएको छ।इराकी राजधानी बग्दाददेखि ४०० किलोमिटर उत्तरमा पर्ने मोसुल सशस्त्र आतङ्ककारी समूहले नियन्त्रणमा लिएका छन् । त्यसपछि पनि अन्य दुई सहर उनीहरुको नियन्त्रणमा गइसकेका छन्।
मोसुलमा प्रान्तीय राजधानी निनवेहका सुन्नी समूदायसँग आबद्ध आतङ्ककारीको बलियो प्रभाव रहेको बताइन्छ । सो सहरमा विगतमा पनि समय समयमा सुरक्षाकर्मी र विद्रोहीबीच झडप हुने गर्दथ्यो।
इराकमा विद्रोह गरिरहेको इस्लामिक स्टेट अफ इराक एण्ड लिभेन्ट (आइएसआइएल) नामको जिहादी समूहले विगतदेखि त्यहाँ हत्या हिंसा मच्चाउँदै आएको छ। त्यसैगरी अर्काे एक समाचारअनुसार अमेरिकाले इराकमा सेना पठाउने भएको छ। उसले मङ्गलबार मात्र सो निर्णय गरेको हो। ती जिहादीहरुले केही समयमै इराकी राजधानी बग्दाद पनि कब्जा गर्ने जनाएका छन्। उनीहरुको सो योजना सम्भव नरहेको सरकारले जनाएको छ। रासस/एएफपी

प्रकाशित मिति:
June 18, 2014