छन्दलाई सिकाउन र बुझाउन सक्ने मान्छेको कमी भयो : शुभेच्छु
असार ४ । साहित्यकार तथा छन्दकवि रमेश शुभेच्छुले पछिल्लो पुस्ताले छन्दको महत्व नबुझेको गुनासो गरेका छन् ।
स्रष्टा प्रतिष्ठान नेपालले आर आर क्याम्पसमा अयोजना गरेको एक हप्ते छन्द प्रशिक्षण कार्यक्रममा विद्यार्थीहरु माझ उनले छन्दको छुट्टै महत्व रहने बताए । शुभेच्छुकले छन्दको आकर्षण कम भन्दा पनि यसलाई सिकाउन र बुझाउन सक्ने मान्छेको कमी भएको समेत औल्याएका छन् ।
स्रष्टा प्रतिष्ठानले नव प्रतिभालाई छन्द लेखन र गायनका लागि विशेष अवसरका रूपमा छन्द प्रशिक्षणको अयोजना गरेको हो ।
उक्त तालिमा विभिन्न क्याम्पसका २५ जना सहभागी छन् । प्रशिक्षणको क्रममा बुधबार रमेश शुभेच्छुले छन्दका सूत्र र गणलाई मिलाएर प्रशिक्षार्थीले दिएको ‘ऐना’ विषयमा अनुष्टुप छन्दमा कविता समेत बनाएर कक्षा कोठामा विद्यार्थीलाई सिकाएका थिए ।
जुन यस्तो छः
जुन यस्तो छः
अनौठो यन्त्र हो ऐना, मै जस्तो चित्र खिच्दछ
म जे गर्छु त्यसै गर्छ, मैलाई बोक्न खोज्दछ
हाँसे हाँस्छ रुदा रून्छ रिसाए ऊ रिसाउछ
अनौठो यन्त्र हो ऐना गिज्याएर हँसाउँछ ।
प्रकाशित मिति:
June 18, 2014