प्रचण्ड, किरणसहित पाँच दलद्धारा कार्यगत एकता समिति गठन
काठमाडौँ, १४ असार । एकीकृत नेकपा (माओवादी), नेकपा–माओवादीसहित पाँच राजनीतिक दलले कार्यगत एकता समितिको घोषणा गरेका छन् ।
राजधानीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा ती राजनीतिक दलका शीर्ष नेताले कार्यगत एकता समितिको अवधारणापत्रमा संयुक्त हस्ताक्षर गरेर सो समितिको घोषणा गरिएको जानकारी दिए ।
जनयुद्ध, जनआन्दोलन, मधेस, जनजाति आन्दोलनलगायतका विभिन्न आन्दोलनबाट प्राप्त भएको राजनीतिक तथा सामाजिक उपलब्धि क्रमशः खण्डित हुँदै गएको भन्दै उनीहरुले संविधानसभाबाट जनपक्षीय संविधान निर्माणका लागि दबाब दिने उद्देश्यले कार्यगत एकता गरिएको सो अवसरमा जानकारी गराइयो ।
जनताको सङ्घीय गणतन्त्रको संविधान निर्माण आजको आवश्यकता भएको ठहर गर्दै पाँच राजनीतिक दलले त्यसका लागि संविधानसभाभित्र रहेका दल र संविधानसभाभन्दा बाहिर रहेका दलहरुबीच राष्ट्रिय सहमति कायम गर्नु अत्यावश्यक रहेको अवधारणापत्रमा उल्लेख गरिएको छ ।
यस्तै राष्ट्रिय स्वाधिनता, जनतन्त्र, जनजीविका, शान्ति प्रक्रियाका विषयलगायत राष्ट्रिय महत्वका विषयमा राष्ट्रिय सहमति कायम गर्न सर्वपक्षीय राजनीतिक सभाको गठन गर्नुपर्नेमा समेत जोड दिइएको छ ।
पत्रकार सम्मेलनमा वितरीत प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार संविधानका अन्तरवस्तुमा सहमत हुने राजनीतिक दलका साथै मधेसी आदिवासी, जनताजातिलगायतका सबै पक्षसँग बृहत् रुपमा सहकार्य गर्ने र विभिन्न आन्दोलनका क्रममा सहिद, बेपत्ता, घाइते अपाङ्गता भएकाहरुको समस्या समाधानका लागि सदनमा भएको दलले सदनबाट र नभएको दलले सडकबाट संयुक्त दबाब दिनेछ ।
सडक सङ्घर्षका लागि पाँचै पार्टीको सहमतिमा संयुक्त समिति गठन गर्ने, देशव्यापी रुपमा जनसभा, संयुक्त प्रदर्शन, विचार गोष्ठी र अन्तक्र्रिया गर्ने कार्ययोजना तय गरिएको छ ।
पत्रकार सम्मेलनमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनताको अधिकार क्रमशः संस्थागत नहुने दिशातिर मुलुक गएको र पश्चगमन हुने सम्भावना बढेका कारण विगतमा भएका गल्ती तथा कमजोरीको आत्मसमीक्षा गर्दै मिलेर जान आफूहरु तयार भएको बताए ।
क्रान्तिकारी शक्ति विभाजित हुँदा जनताको अपेक्षाअनुसारको संविधान पनि नबन्ने र शान्ति प्रक्रियासमेत पूरा नहुने अवस्था देखिएकाले सबैले आ–आफ्नो स्थानबाट त्याग गर्ने र एकताको मार्ग प्रशस्त गरिने उनको कथन थियो ।
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले तत्काल पार्टी एकता सम्भव नभएपनि कार्यगत एकताले मार्ग प्रसस्त गरेको जानकारी दिँदै आफूहरुको उद्देश्य संविधानसभाबाटै संविधान निर्माण हुनुपर्छ भन्ने रहेको बताए ।
नेकपा (माओवादी)का संयोजक मातृका यादव, नेकपा (एकीकृत)का महासचिव परि थापा, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले जनताको सङ्घीय गणतन्त्रात्मक संविधान निर्माण, शान्ति प्रक्रिया तथा सामाजिक सुरक्षाको प्रत्याभूति, जनयुद्धकालीनल मुद्दा, सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगको निर्माणलगायतका विषयमा समान धारणा कायम गर्दै राज्यलाई सफल कार्यान्वयनका लागि आग्रह गर्न आफूहरु एक ठाउँ उभिएको बताए ।

प्रकाशित मिति:
June 28, 2014