भारतीय प्याजको मूल्य २५ प्रतिशतले बढ्यो
असार ३२ । नीतिगत दुरदर्शीताको अभावका कारण आयात प्रतिस्पर्धा गर्न नसक्दा छिमेकी मुलुक भारतबाट आयातित प्याजको मूल्य स्थानीय बजारमा २५ प्रतिशतले बढेको छ ।
भारतमा यस वर्ष प्याज उत्पादनमा ह्रास आएकाले यसको प्रत्यक्ष असार नेपाली उपभोक्तामा पर्न गएको हो ।
धनुषामा वार्षिक रु चार करोड बराबरको प्याज छिमेकी मुलुक भारतबाट आयात हुने गरेको जनकपुर आलु प्याज व्यवसायी सङ्घले जनाएको छ ।
आव २०७०÷७१ मा भारतको नासिक र पटनाबाट रु चार करोड मूल्य बराबरको दुई हजार टन प्याज भिठ्ठामोड नाकाबाट जनकपुर बजारमा भित्रिएको सङ्घका अध्यक्ष अलाउद्दिन राइनले बताए ।
स्वदेशमै प्याज उत्पादनमा वृद्धि गराएर आयात दर घटाउने उद्देश्यले सरकारले कार्यान्वयनमा ल्याएको ‘मिसन ओनियन’ कार्यक्रम यस वर्षदेखि बन्द रहेकाले धनुषाका किसान प्याज खेतीतर्फ आकर्षित नभएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
कार्यालयको तथ्याङ्कअनुसार धनुषामा किसानले आव २०६९÷७० मा जम्मा ८०५ हेक्टर क्षेत्रफलमा प्याज खेती गरी १२ हजार २७० मेट्रिक टन उत्पादन गरेका थिए । यहाँ प्याजको उत्पादकत्व प्रतिहेक्टर १५.२४ मेट्रिक टन रहेको छ ।
आव २०७०÷७१ मा सरकारले धनुषामा ‘मिसन ओनियन’ कार्यक्रम नदिएकाले किसानहरू प्याज उत्पादनतर्फ आकर्षिक हुन् नसकेको बागवानी विकास अधिकृत रामसोगारथ मण्डलले बताए ।
आव २०६४÷६५ देखि लागू गरिएको ‘मिसन प्याज’ कार्यक्रम प्रभावकारी हुन नसकेपछि गत वर्षको साउनमा सो कार्यक्रम खारेज गरिएको थियो । धनुषा जिल्लामा आयात हुने प्याजमध्ये करिब ९० प्रतिशत भारतबाट आयात हुन्छ ।
स्थानीय बजारमा अहिले भारतबाट आयात गरिएको प्याजको खुद्रा मूल्य प्रतिकिलो रु ५० रहेको छ भने यसको थोक व्यापारीको सङ्ख्या १५ रहेको छ । खुद्रा व्यापारीको सङ्ख्या भने ५० रहेको छ ।
कृषि विकास मन्त्रालयको एक तथ्याङ्कलाई हेर्ने हो भने आव २०६९/७० मा रु एक अर्ब ८५ करोड ३६ लाखभन्दा बढीको प्याज नेपालमा आयात भएको थियो ।
राजधानी काठमाडौँको कालिमाटी तरकारी बजारमा मात्र भारतबाट रु ९१ करोड ४६ लाख ४८ हजार ६०० बराबरको प्याज आयात भएको तरकारी विकास निर्देशनालयले जनाएको छ ।
सरकारले ‘मिसन ओनियन’ कार्यक्रमअन्तर्गत तराईका १० जिल्लामा उत्पादन वृद्धि गर्ने उद्देश्यले रु २० करोड खर्च गरेको थियो जुन बालुवामा पानी हाले जस्तो भयो ।
प्याजजस्तै आलुको भाउ पनि २५ प्रतिशतले बढेको छ । आव २०७०÷७१ मा भारतको लखनउ, कानपुर र कनौजबाट भिठ्ठामोड नाका हुँदै रु १२ करोड बराबरको १० हजार टन आलु जनकपुर भित्रिएको छ ।

प्रकाशित मिति:
July 16, 2014