फेसबुकमा प्रतिक्रिया लेखेका कारण थुनिएका रहमानले जिते मुद्धा
राजविराज, ३२ असार । फेसबुकमा प्रतिक्रिया लेखेका कारण थुनिएका सप्तरी पोर्ताहा गाविस–१ का मुन्ना भनिने अब्दुल रहमानलाई काठमाडौँ जिल्ला अदालतले मङ्गलबार सफाइ दिने फैसला गरेको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद शर्माको इजलासले रहमानलाई सफाइ दिने फैसला गरेको रहमानले जानकारी दिएका छन् ।
नागरिक दैनिकमा प्रकाशित ‘सप्तरीमा सुध्रँदो सुरक्षा’ भन्ने शीर्षकको समाचार फेसबुकमा सार्वजनिक हुँदा रहमानले गत जेठ १७ गते राति ‘‘के को सुध्रिुनु आफ्नै चोरी भएको बाइक फिर्काउन पैसा तिर्नु परिराछ । त्यो पनि ५० हजार ।’’ भन्ने प्रतिक्रिया लेखेका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया लेखेकै कारण राजविराज–३ बाट रहमानलाई सप्तरी प्रहरीले गत जेठ १८ गते गिरफ्तार गरी थुनछेक आदेशका लागि गत असार २ गते सप्तरी जिल्ला अदालतमा पेस गरेको थियो ।
विद्युतीय कारोबार ऐनविपरीतको अपराध मुद्दा हेर्ने क्षेत्राधिकार काठमाडौँ जिल्ला अदालतसमक्ष गिरफ्तार व्यक्तिलाई बाटोको म्यादबाहेक २४ घण्टाभित्र उपस्थित गराउनुपर्नेमा जिल्ला प्रहरी कार्यालयले क्षेत्राधिकार नपाएको सप्तरी जिल्ला अदालतबाट म्याद थप गर्दै हिरासतमा राखेर असार २ गते अदालतमा मुद्दा पेस गरेको थियो ।
सप्तरी प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत अदालतसँग पाँच वर्र्षसम्मको कैद र रु एक लाखसम्म जरिवाना माग गर्दै मुद्दा पेस गरेको थियो ।
सप्तरी जिल्ला अदालतले विद्युतीय कारोबार ऐनविपरीतको अपराध मुद्दा हेर्ने क्षेत्राधिकार काठमाडौँ जिल्ला अदालतको भएको भन्दै असार ३ गते आदेश गरेपछि प्रहरीले रहमानलाई असार ५ गते काठमाडौँ जिल्ला अदालत पु¥याएको थियो । अदालतले उनलाई गत असार ६ गते रु पाँच हजार धरौटी लिई तारेखमा रिहा गरेको थियो ।
काठमाडौँ जिल्ला अदालतको आदेशबमोजिम तारेखका लागि रहमान मङ्गलबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए ।

प्रकाशित मिति:
July 16, 2014