• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » नेपाल भ्रमण अपेक्षा गरेभन्दा धेरै उपलब्धिमूलक : भारतीय विदेशमन्त्री
नेपाल भ्रमण अपेक्षा गरेभन्दा धेरै उपलब्धिमूलक : भारतीय विदेशमन्त्री

काठमाडौँ, ११ साउन । भारतका विदेशमन्त्री सुषमा स्वराजले आफ्नो नेपाल भ्रमण अपेक्षा गरेभन्दा धेरै उपलब्धिमूलक रहेको बताएकी छिन् ।

नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज बिहान स्वदेश फर्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सङ्क्षिप्त मन्तव्य दिँदै उन्ले उक्त कुरा बताएकी हुन् ।

आफ्नो नेपाल भ्रमण सफल रहेको र त्यसबाट आफू पूर्ण सन्तुष्ट भएको भन्दै उनले आफ्नो नेपाल यात्रा भारत–नेपाल सम्बन्धलाई अझ सुदृढ एवम् प्रगाढ तुल्याउन फलदायी भएको बताइन् ।

उनले भनिन् – “नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा दुई मुलुकबीच २६ विषयमा सहमति हुनुले पारस्परिक सहयोगको नयाँ मार्गचित्र तयार भएको छ ।” 

भ्रमणका क्रममा उनले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ, नेकपा एमालेका कार्यबाहक अध्यक्ष एवम् उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतम, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेसवादी दलका प्रमुखहरूसँग बेग्लाबेग्लै भेटवार्ता गरेकी थिइन् ।

तेइस वर्षपछि आयोजना भएको आयोगको बैठकमा भाग लिने सिलसिलामा गत शुक्रबार साँझ नेपाल आईपुगेकी उनले भारतमा दुई महिनाअघि गठन भएको नयाँ सरकारको प्राथमिकतामा नेपाल उच्च स्थानमा रहेको बताइन् ।

विमानस्थलको विशिष्ट कक्षमा भारतीय विदेशमन्त्रीलाई परराष्ट्र मन्त्रालयका निमित्त सचिव शङ्करदास वैरागी, सोही मन्त्रालयका दक्षिण एसिया महाशाखा प्रमुख अमृतबहादुर राई, नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल, काठमाडौँका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतम, नायब शिष्टाचार महापाल लेखनाथ भट्टराई र शिष्टाचार अधिकृत पुरुषोत्तम ढुङ्गेलले बिदाई गरेका थिए ।

प्रकाशित मिति: July 27, 2014

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


प्रदेश ३ को उपसभामुखमा माओवादी सांं...

पैसा कमाउन विदेश नै जानु पर्दैन

ठेउलेखोलाको परीक्षण उत्पादन सफल

राष्ट्रियसभाको मतदान शुरु
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • परिवारका सदस्यको भूकम्पबाट मृत्युको स्मृतिमा भैरव मन्दिरको पुननिर्माण
  • माओवादीको मत किनेर नेपाली कांग्रेस पहिलो पार्टी भयो : खनाल
  • ५५ दलले बुझाए समानुपातिक निर्वाचनतर्फ उम्मेदवारको बन्दसूची
  • नेपाली राजदूत मायाकुमारीलाई फिर्ता बोलाउ :कतारी राजदूत
  • द्वन्द्व पीडितलाई राहतका लागि सात वर्षपछि सिफारिस
गृह पृष्ठ |