दुर्गम विकास क्षेत्रका उपाध्यक्षलाई तरुण दलको सम्मान
हेलो खबर सम्वाददाता
जाजरकोट ११ साउन । सदरमुकाम खलंगामा आईतवार एक औपचारीक कार्यक्रमको आयोजना गरेर दुर्गम विकास क्षेत्रका उपाध्यक्ष दिपक जंग शाहलाई तरुणदल जाजरकोट जिल्ला समितिले सम्मान गरेको छ । दुर्गम विकास क्षेत्रको उपाध्यक्षमा नियुक्त भएको उच्च सम्मान व्यक्त गरिएको ताम्रपत्र हस्तान्तरण र दोसल्लाह ओराएर सम्मान गरेको हो ।

नेपाली कांग्रेसवाट भुत पुर्व निर्वाचित माननिय, हाल पार्टी जिल्ला सभापति दिपक जंग शाह सरकारवाट दुर्गम विकास क्षेत्रका उपाध्यक्ष नियुक्त भएपछि जिल्लामा पहिलो पटक आगमन भएको हुदा नेपाली कांग्रेसको सुभेक्षक युवा संगठन दरुणदल जिल्ला कार्य समितिले सम्मान कार्यक्रमको ओजना गरेको दरुणदल जिल्ला कार्यवाहक अध्यक्ष हरिचन्द्र बस्नेतले वताए ।
दुर्गम विकास क्षेत्रका नव नियुक्त उपाध्यक्ष नेपाली कांग्रेसका जिल्ला सभापति भएको कारण उक्त सम्मान कार्यक्रममा नेपाली कांग्रेसका कार्यकर्ताको बाक्लो उपस्तीथि रको थियो । उक्त सम्मान कार्यक्रममा शुभकामना आदान पदान गर्ने क्रममा बोल्ने अधिकांस बक्ताहरुले दुर्गम, पिछडिएको जाजरकोट जिल्लाका समस्याहरुको समधानमा उपाध्यक्षले जोड दिनु पर्ने विषमै केन्द्रित थिए ।
प्रकाशित मिति:
July 27, 2014