विनियोजन विधेयकमाथिको छलफल हुन सकेन
काठमाडौँ, १५ साउन । व्यवस्थापिका–संसदको आजको बैठकमा प्रारम्भ हुने भनिएको विनियोजन विधेयक २०७१ को विभिन्न शिर्षकमाथिको छलफल हुन सकेन ।
सभामुख सुवास नेम्वाङले विशेष कारणबस आजको कार्यसूचीमा विनियोजन विधेयकमाथिको छलफल यही साउन २२ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।
आजको कार्यसूचीमा विनियोजन विधेयकको विभिन्न शीर्षकमाथिको छलफल प्रारम्भ हुने र आजका लागि सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र स्वास्थ्य तथा जनसख्या मन्त्रालयअन्तर्गतको विभिन्न शीर्षकमाथिको छलफल हुने उल्लेख थियो ।
प्रमुख प्रतिपक्षीलगायतका दलले पेश्की विधेयक पारित गर्ने बेलामा सरकारले बजेट टालटुले हिसावले ल्याएको तर द्वन्द्व पीडित, घाइते तथा बेपत्ता परिवारका लागि आवश्यक मात्रामा विनियोजन नगरिएको हुलाकी सडकलगायतका विभिन्न विकास योजनाका लागि बजेट नपुगेको जस्ता आफ्ना माग पूरा नभए उक्त विषयको छलफल अघि बढ्न नदिने घोषणा गरेका थिए ।
संसदको अर्को बैठक साउन १६ गते सोमबार दिनको १ बजे बस्नेछ ।

प्रकाशित मिति:
July 31, 2014