रक्तश्राववाट सुत्केरीको ज्यान गयो आमा मरेपछि नवजात शिषुको विचल्ली
हेलो खबर सम्वाददाता
जाजरकोट २८ साउन । मंगलवार अत्यधिक रक्तश्राव भएर एक युवतीको मृत्यु भएको छ । पुन्मा गाविस ५ भेरेमा सुत्केरी भइसकेपछि रक्तश्राव भएर सोहि ठाउँकी १९ वर्षीय विमला पुनको ज्यान गएको हो ।
जाजरकोट २८ साउन । मंगलवार अत्यधिक रक्तश्राव भएर एक युवतीको मृत्यु भएको छ । पुन्मा गाविस ५ भेरेमा सुत्केरी भइसकेपछि रक्तश्राव भएर सोहि ठाउँकी १९ वर्षीय विमला पुनको ज्यान गएको हो ।
उनीवाट जन्मिएकी छोरी जिवितै रहेको र उनको हेरचाह र पालनपोषण गरिदिने मानिसको समस्या परेको स्थानीय चन्द्रवहादुर वलीले वताए । उनका श्रीमान जनकराज पुन कमाइ गर्न भारततिर गएका कारण नवजात शिषुको पालनपोषण र हेरचाहमा समस्या परेको वलीले वताए ।
मृतक विमलाका यस अघि डेढ वर्षका छोरा रहेको र उनी समेत अहिले विचल्लीमा परेका छन् । उनको हेरचाह र पालनपोषणका लागि गाउँलेहरुले जिम्मा लिन लागेको र कोहि भए सहयोग गर्न आफुहरुले आग्रह गरिरहेको स्थानीय अगुवा समेत रहेका वलीले वताए । स्थानीयहरुले वच्चाको भरणपोषण एवम हेरचाहका लागि आवस्यक व्यवस्था गरिदिन प्रमुख जिल्ला अधिकारी र पत्रकारहरुलाइ आग्रह गरेका छन् । खलंगा सदरमुकाम देखि भेरे दुइ घण्टाको पैदल दुरीमा रहेको छ
प्रकाशित मिति:
August 13, 2014