एकै दिनमा चार फरार अभियुक्त पक्राउ
लहान, ६ भदौ । इलाका प्रहरी कार्यालय लहानले विभिन्न अपराधमा संलग्न रही फरार रहेका चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये तीन लागुऔषधको मुद्दाका अभियुक्त रहेका छन् भने एक कुटपिट मुद्दामा अदालतबाट सजाय पाएका वृद्ध रहेका छन् ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार प्रहरीले बिहीबार छुट्टाछुट्टै स्थानबाट पक्राउ परेका लागुऔषधको मुद्दाअन्तर्गत अदालतले कैद सजाय सुनाएका अभियुक्त रहेका छन् ।
पक्राउ पर्नेमा लहान नगरपालिकासँगै जोडिएको पडरिया–२ का २१ वर्षीय उदयनारायण चौधरी र उनकै छिमेकी १९ वर्षीय अनिलकुमार चौधरी रहेका छन् । जिल्ला अदालत सिरहाले जनही दुई÷दुई वर्ष कैद र रु दुई÷दुई लाख जरिबानासहितको फैसला सुनाएपछि फरार भएका चौधरीद्वयलाइ प्रहरीले पक्राउ गरी बिहीबार नै जिल्ला अदालतमा बुझाएको हो ।
प्रहरीले बिहीबार बिहान अदालतबाट वारेन्ट जारी भई फरार रहेका लहानका एक युवकलाई पनि पक्राउ गरी अदालतमा बुझाएको छ । लहान नगरपालिका–६ का मिश्रीलाल पासवानका १८ वर्षीय छोरा अजय पासवानलाई लागुऔषध ओसारपसारको मुद्दाअन्तर्गत अदालतले वारेन्ट जारी गरेपछि पक्राउ गरी जिल्ला अदालतमा बुझाएको प्रहरी निरीक्षक निरौलाले बताए ।

प्रकाशित मिति:
August 22, 2014