महिला अगाडि नबढेसम्म राष्ट्रको विकास हुँदैन : राष्ट्रपति यादव
लतिलपुर, ५ भदौ । राष्ट्रपति डा. रामवरण यादवले समाजमा महिला अगाडि नआएसम्म राष्ट्रकोे समग्र विकास हुन नसक्ने बताएका छन् ।
बेइजिङ+२० राष्ट्रिय महिला सम्मेलनको उद्घाटन गर्दै उनले समाज र राष्ट्र विकासमा महिला र पुरुष दुवैको महत्वपूर्ण भूमिका रहने बताए ।
राष्ट्रपति डा. यादवले भने– “महिला अधिकार र सशक्तीकरणका लागि विश्व महिला सम्मेलनदेखि लिएर धेरै छलफल भएका छन् तर महिला अधिकारको विषयमा अझै धरै काम गर्न बाँकी छ ।”
चीनको राजधानी बेइजिङ्मा सम्पन्न चौथो विश्व महिला सम्मेलनपछि महिला जागरण र उनीहरूको हकअधिकारका लागि गाउँगाउँसम्म पनि आवाज उठाउन थालिएको बताउँदै उनले बेइजिङ सम्मेलनले तय गरेका सवालहरू अहिले पनि उत्तिकै सान्दर्भिक छ भने ।
महिलालाई अगाडि बढाउन राजनीतिमा उनीहरूको अर्थपूर्ण सहभागिता जरुरी रहेको बताउँदै राष्ट्रपति डा. यादवले भने – महिला हिंसा न्युनीकरणका लागि ‘दु्रत कानुनी सेवा’ र पीडितको संरक्षण, पुनःस्थापना, आश्रय स्थलको स्थापना गर्न सरकार र सरोकारवाला निकाय जिम्मेवार भएर लाग्न जरुरी छ ।
महिलामैत्री कानुन निर्माणका लागि नेपालमा घरेलु हिंसा, मानव बेचविखनलगायतका अपराध नियन्त्रणका लागि ऐन बने पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा महिलाले आफ्नो हकअधिकार उपयोग गर्न नपाएको उल्लेख गर्दै उनले महिला सम्मेलनले महिला र लैङ्गिक समानताका लागि मागदर्शन र ठोस परिणाम ल्याउने विश्वाससमेत व्यक्त गरे ।

प्रकाशित मिति:
August 21, 2014