माघ ८ मा संविधान जारी गर्न काँग्रेस प्रतिबद्ध
चितवन, ७ भदौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले तोकिएको समयमा संविधान जारी गर्न आफ्नो पार्टी लागिपरेको बताएका छन् ।
नेपाली काँग्रेस महिला विभाग चितवनले आज भरतपुरमा नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको शतवार्षिकीका अवसरमा आयोजना गरेको जिल्लाका संस्थापक एवम् पहिलो पुस्ताका अगुवा महिला नेत्रीहरूको सम्मान कार्यक्रममा बोल्दै नेता केसीले यस्तो बताएका हुन् ।
आगामी माघ ८ गते संविधान जारी गर्नका लागि सबै दलहरू तयार रहनुपर्ने भन्दै उनले सबै नेपाली अट्ने सङ्घीय लोकतान्त्रिक संविधान जारी गर्न नेपाली काँग्रेस प्रतिबद्ध रहेको बताए ।
सत्ता साझेदार राजनीतिक दलभित्र केही मात्रामा आन्तरिक मतभेद रहेको भएपनि संविधान लेखनमा यसले असर नपार्ने नेता केसीको भनाइ थियो ।

प्रकाशित मिति:
August 23, 2014