प्रधानमन्त्री बिरामी छ भनेर किन गलत समाचार छाप्नुहुन्छ : प्रधानमन्त्री
साउन २८ । ‘म कहाँ सुतिरहेको छु ? नियमित काम गरिरहेको छु त’, प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार सञ्चारकर्मीसँग भेट हुनेबित्तिकै आफ्नो स्वास्थ्य अवस्थाका बारेमा भने । राष्ट्रिय सतर्कता केन्द्रको वाषिर्क प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा सहभागी कोइरालाले आफ्नो स्वास्थ्यबारे सही समाचार सम्प्रेषण गर्न पनि सञ्चारकर्मीलाई आग्रह गरेको खबर अन्नपूर्णपोष्टमा छ ।
‘प्रधानमन्त्री बिरामी छ, सुतिरहेको छ । कोही काम गर्दैनन भनेर किन गलत समाचार छाप्नुहुन्छ ?’ कोइरालाले भने ‘म नियमित काम गरिरहेको छु । जे हो त्यो समाचार छाप्नुस् न ।’
उनले पत्रकारलाई पनि मुलुकको चिन्ता हुने भएकाले सही समाचार दिन चुक्न नहुने बताए । ‘गलत समाचार दिनुभयो भने मुलुक पनि गलत बाटोमा जान्छ । तपाईहरुले पनि मुलुकको चिन्ता गरेर सही समाचार छाप्नुपर्छ,’ कोइरालाले भने .
अघिल्लो साता ज्वरो र खोकीले गलेका कोइराला आइतबारदेखि हिँड्डुल र भेटघाट गर्न थालेका हुन् ।

प्रकाशित मिति:
August 13, 2014