मोबाइलबाटै गर्भवती र शिशुको निगरानी
बागलुङ, ६ भदौ । गर्भवती तथा शिशु स्याहार र जाँचका लागि मोबाइल प्रविधिमा आधारित ‘सेफ सिम’ परियोजना सफल देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बागलुङले वन हर्ट र स्वाअन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा गत वर्षदेखि उक्त परियोजना सञ्चालन गरेको हो ।
गर्भवती भएदेखि सुत्केरी भएको २८ दिनसम्म महिला र नवजात शिशुको नियमित स्याहारसुसार र स्वास्थ्य जाँचका लागि ‘सेफ सिम’ प्रभावकारी बनेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
सुरुमा जिल्लाका चार गाविसमा चलाइएको उक्त परियोजनाले सूचनाको सही व्यवस्थापन र अभिलेखन प्रणालीको माध्यमबाट नवशिशु कार्यक्रमको प्रभावकारिता बढाउने काम गरेको बताएको छ ।
कार्यक्रम लागू भएका गाविसमा स्वास्थ्य संस्थामा हुने प्रसूति दर बढेर ८० प्रतिशतमा पुगेको छ । एक वर्षको अवधिमा एउटा पनि मातृमृत्यु नभएको जनाइएको छ । परियोजना लागू भएका पैँयुपाटा, हटिया, बाटाकाचौर र बुर्तिवाङ गाविसका सबै महिला स्वयम्सेविकालाई ७७ वटा सफ्टवेयरजडित मोबाइल वितरण गरिएको छ ।
मोबाइलमा रहेको सफ्टवेयरमार्फत सम्बन्धित गाविसका गर्भवती महिलाको नाम र विवरण मोबाइलमा भित्र्याएका छन् । सोही दर्ताको आधारमै सफ्टवेयरले गर्भ जाँचको समय, प्रसूति हुने समय, सुत्केरी अवस्थामा आमा र शिशुको स्याहार तथा स्वास्थ्य जाँचका लागि सूचना दिने गरेको वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर दाहालले बताए ।
मातृ तथा शिशु मृत्युदर घटाउन ‘सेफ सिम’ सहयोगी बनेको उनको धारणा थियो । स्वयम्सेविकाले मोबाइलमा प्राप्त सन्देश गर्भवती तथा सुत्केरी महिला कहाँ पु¥याउने गरेका छन् । मोबाइलले दिएको सूचनाकै आधारमा महिला समयमै गर्भ जाँच गराउने, प्रसूतिका लागि स्वास्थ्य संस्थामै जाने क्रम बढेको पाइएको छ ।
प्रसूति हुने समयभन्दा दुई हप्ता पहिलदेखि नै प्रसूतिका लागि निर्धारित समयमा स्वास्थ्य संस्था जान गर्भवती महिलालाई मोबाइलमा सन्देश प्राप्त हुने गरेको छ । गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य जाँच, हेरचाहका लागि ‘सेफ सिम’ सहयोगी बनेको वन हर्टका कार्यक्रम निर्देशक सूर्य भट्टले बताए ।
परियोजना चलेपछि स्वयम्सेविकासँग गर्भवती र सुत्केरी महिलाको नियमित भेटघाट हुन थालेको उनको भनाइ थियो । मोबाइल सन्देशकै आधारमा स्वयम्सेविकाले गर्भवती तथा सुत्केरी महिलालाई खबर गर्ने, स्वास्थ्य संस्थामा जानको लागि आग्रह र सहयोग गर्ने गरेका छन् ।
गर्भवती जाँच, शिशुको स्वास्थ्य अवस्था, खतराजन्य अवस्थाको सूचनाजस्ता महत्वपूर्ण सूचना मोबाइलबाटै स्वयम्सेविका कहाँ पुग्ने त्यसको दोहोरो पृष्ठपोषण र सूचना पनि आदानप्रदान हुने निर्देशक भट्टले जानकारी दिए ।
तत्काल गर्नुपर्ने उपचार तथा स्वास्थ्य जाँचबारे स्वयम्सेविकाले नजिकको स्वास्थ्य संस्थामा मोबाइलबाटै सन्देश पठाउन मिल्ने र त्यो सन्देश सर्भरमार्फत जिल्ला स्वास्थ्य कार्यालय र वन हर्टको केन्द्रीय कार्यालयमा पुग्ने गरेको छ ।
परियोजना सफल देखिएपछि जिल्लाभर समेटिने गरी सञ्चालनको तयारी गरिएको छ । आगामी वर्षका लागि युएन फाउन्डेसनले आर्थिक सहयोग गर्ने भएको छ ।

प्रकाशित मिति:
August 22, 2014