चाड पर्वको मुखमा बढ्दैछ ग्यासको अभाव
रौतहट, असोज । विगत दुई सातादेखि रौतहटका प्रमुख बजारमा ग्यासको अभाव देखिएपछि उपभोक्ता वैकल्पिक व्यवस्थाको रूपमा दाउरा बाल्न बाध्य भएका छन् ।
रौतहटको विशेषगरी चन्द्रपुर नगरपालिका, गौर नगरपालिका, गरुडा तथा अन्य बजारमा हिमाल, कोसी, मनोज, नेपाल, प्रिमा, साहरालगायत अन्य ग्यासका करिब ३० वटा थोक विक्रेता रहेका छन् भने ती ग्यासका करिब १० हजार ग्राहक रहेका छन् ।
तर यहाँका बजारमा दुई सातादेखि ग्यासको अभाव भएपछि उपभोक्ता बाध्य भएर खाना पकाउन दाउराको प्रयोग गर्न थालेका छन् । रौतहटमा थोक तथा खुद्रा गरी करिब १०० वटा ग्यास विक्रेता रहेका छन् । प्रत्येक विक्रेताबाट दैनिक पाँचदेखि २० वटासम्म ग्यासका सिलिण्डर बिक्री हुँदै आएकामा केही सातायता ग्यासको अभावमा विक्रेताको व्यापारसमेत प्रभावित भएको चन्द्रनिगाहपुरस्थित प्रकाश टे«डर्सका निरज आलेले बताए ।
नेपाल आयल निगमले बजारमा उपभोक्ता कार्ड ल्याए पनि यहाँका व्यापारीले नै यसको प्रयोगमा नल्याएका कारण मासिक कति सिलिन्डर ग्यासको आवश्यकता छ भन्नेबारेमा अनुमान गर्न गाह्रो भएको उपभोक्ता हित संरक्षण मञ्च रौतहटका सचिव टीका घिमिरेले बताए ।
ग्यास विक्रेताले सम्बन्धित ग्यास उद्योगसँग बारम्बार ग्यासको माग गर्दा पनि उद्योगले हालसम्म ग्यास आपूर्ति गर्न नसक्दा कतिपय उपभोक्ता दैनिकरुपमा डिलर धाउन बाध्य भएका छन् ।
अझ विभिन्न पर्वहरू नजिकिँदै गरेको अवस्थामा ग्यास कहिले पाउने हो भन्नेबारेमा उपभोक्ता अन्योलमा परेका छन् । अर्कोतिर व्यापारीले सरकारले तोकेको मूल्यभन्दा केही रकम बढी लिएर ग्यास दिने गरेको उपभोक्ताको गुनासो रहेको छ ।
सरकारले बजारमा देखापरेको ग्यास अभावलाई समाप्त पारी उपभोक्तालाई सहजरूपमा ग्यास आपूर्ति गर्नुपर्ने माग स्थानीयवासीको रहेको छ । रासस

प्रकाशित मिति:
September 17, 2014