विद्युतीय क्रान्ति सुरु भयो : अर्थमन्त्री
चितवन, ६ असोज । अर्थमन्त्री डा रामशरण महतले माथिल्लो कर्णाली सम्झौताले २५ वर्षमा नेपाललाई रु चार खर्ब ३१ अर्ब बराबरको बिजुली, कर, रोयल्टी र विभिन्न आम्दानी दिने भएकाले सम्झौतासँगै देशमा विद्युतीय क्रान्ति सुरु भएको बताएका छन् ।
युवा समाजले आजदेखि सुरु गरेको भरतपुर महोत्सवको उद्घाटन गर्दै मन्त्री डा महतले अब ढिलो नगरी जलविद्युत्को सम्भावनालाई व्यवहारमा उतार्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठ, नेकपा (एमाले) चितवनका अध्यक्ष जगन्नाथ थपलिया, एकीकृत नेकपा (माओवादी) चितवनका नेता घनश्याम दाहाल, राप्रपा नेपाल चितवनका अध्यक्ष बद्री तिमल्सेना, राप्रपा चितवनका अध्यक्ष रामहरि कँडेललगायतले महोत्सवले आर्थिक गतिविधिमा वृद्धि हुने बताए ।
महोत्सवमा कृÈि, औद्योगिक तथा अन्य व्यावसायिक गरी १२० कक्ष छन् । महोत्सवको प्रमुख आकर्Èणका रुपमा कृÈि एवम् हस्तकला, राष्ट्रिय तथा विदेशी उत्पादन, मौरीपालन तथा दुग्धजन्य परिकारदेखि विभिन्न वेशभूÈा प्रदर्शन र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ ।
साथै लागुऔÈध प्रयोगकर्तालाई पारिवारिक पुनःमिलन गर्न निःशुल्क स्वास्थ सेवा र महोत्सव अवधिभर खुल्ला रक्तदान गरिने तथा घरेलु एवं साना उद्योगका लागि विशेÈ ग्राह्यता र दसँै तथा तिहार विशेÈ योजनासमेत ल्याइएको संयोजक असिम भट्टराईले जानकारी दिए । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारबाट साङ्गीतिक कार्यक्रम गरिने बताइएको छ ।
भरतपुरको केन्द्रीय बस टर्मिनल नजिक रहेको सहकारी विकास बोर्डको खाली मैदानमा महोत्सव आयोजना गरिएको छ ।

प्रकाशित मिति:
September 22, 2014