बलात्कारको आरोपमा तीन युवा पक्राउ
बर्दिया, १० कात्तिक । जिल्ला प्रहरी कार्यालय बर्दियाले बलात्कारको आरोपमा तीन जना युवालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
बर्दिया जिल्ला ताराताल गाविस– ५ का वर्ष २० का विजय भन्ने सुनिल परियार, सोही ठाउँकै वर्ष १८ का यामबहादुर परियार र वर्ष १८ कै बलराम कोइरालालाई कात्तिक ६ गते पक्राउ गरी सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
अभियुक्त युवाले कुसुम्वाघाट हाटबजार गएको अवस्थामा सानोश्री गाउँ नं ५ की एक विवाहित महिलालाई सामान्य चिनजानको भरमा फोन सम्पर्क गरी हामीहरू तपार्इंकै गाउँका हौँ भनी मेलामा भेट्न बोलाई झुक्याएर सानोश्री कुसुम्वा बजारस्थित सशस्त्र प्रहरी बेस क्याम्पको उत्तरतर्फको महिला जागृत सामुदायिक वनमा कात्तिक ५ गते पालैपालो करणी गरेको आरोप छ ।
बलात्कृत महिलाले प्रहरीलाई खबर गरेपछि अभियुक्तको खोजी कार्य गर्दै जाँदा बलराम कोइरालालाई आफ्नै गाउँबाट र अन्य दुई जनालाई सोरह्वा गाविसबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
मोबाइल कल डिटेलको आधारमा उनीहरू घटनामा संलग्न भएको पाइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति:
October 27, 2014