विद्यालयका लागि देउसी भैलोबाट रु २० लाख सङ्कलन
म्याग्दी १० कात्तिक । म्याग्दीको पिप्ले–३ स्थित रघुगङ्गा माविले सञ्चालन गरेको देउसी–भैलो कार्यक्रममा करिब रु २० लाख सङ्कलन भएको छ ।
विद्यालयको सेवा क्षेत्र पिप्लेको विभिन्न वडामा तिहारको शुभकामना तथा मावि तहका निजी स्रोतबाट कार्यरत शिक्षकलाई आवश्यक पर्ने तलब जुटाउन गरिएको देउसी भैलोमा अपेक्षा गरेअनुसारकै आर्थिक सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक रमेशसिंह ठकुरीले बताए ।
मावि तहमा सरकारी दरबन्दी नहँुदा निजीस्रोतबाट वार्षिक करिब रु सात लाख तलब आवश्यक पर्ने विद्यालयले जनाएको छ । देउसीभैलोमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, स्थानीय आमा समूह, युवा क्लबलगायत शिक्षाप्रेमीको सहभागिता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद शर्माले बताए ।
शर्माले सङ्कलित रकममध्ये ६० प्रतिशत नगद र अन्य केही समयभित्र दिने प्रतिबद्धता आएको जानकारी दिए । करिब ३०० विद्यार्थी रहेको विद्यालयमा प्रावि तहमा सात दरबन्दी, निमाविमा दुई राहत र एक दरबन्दी रहेका छन् ।
निजी स्रोतबाट मावि सञ्चालन गरिरहेको विद्यालयले निरन्तर प्रवेशिका परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भइरहेको छ ।
विसं २०७० को एसएलसी नतिजालाई मापन गरी वितरण गरिने पुरस्कारमा विद्यालय जिल्ला भरबाट तेस्रो उत्कृष्ट विद्यालयको रूपमा सम्मानित भएको थियो ।

प्रकाशित मिति:
October 27, 2014