नेपालसँग सिङ्गापुर १९० रनले पराजित
काठमाडौँ, ९ कात्तिक । मलेसियामा जारी आइसिसी वल्र्ड लिग क्रिकेट डिभिजन थ्री प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले सिङ्गापुरलाई १९० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
मलेसियास्थित वायुमास ओभल मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले सिङ्गापुरमाथि शानदार जित हात पार्दै प्रतियोगितामा दोस्रो जितसमेत दर्ता गरायो ।
यसअघि भएको दोस्रो खेलमा नेपालले बर्मुडालाई ८ विकेटले पराजित गरेको थियो भने पहिलो खेलमा नेपाल युगान्डासँग २० रनले पराजित भएको थियो ।
नेपालले पूरै ५० ओभर खेल्दा ९ विकेट गुमाई २६३ रन जोड्यो । दुई सय ६४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको सिङ्गापुर २१ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ७३ रनमा समेटियो ।
प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गरेको नेपालको खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट पारी खेल्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो शतक पूरा गरे ।
एक सय २५ बल खेलेका मल्ल १३ चौका र एक छक्काको सहयोगमा ११४ रन बटुल्न सफल भएका हुन् । ओपनर सुवास खकुरेल शून्य रनमा पेभिलियन फर्कंदा अर्का ओपनर नरेश बुढाऐरले २९ रन बनाउँदै क्याच आउट भए ।
त्यस्तै, कप्तान पारस खड्काले १४ रन बनाउँदा शरद भेषवाकरले २५ रन बटुल्न सफल भएका थिए । सो¥ह बलको सामना गर्दै २१ रन जोडेका वसन्त रेग्मी क्याच आउट भए भने विनोद भण्डारी ८, सोमपाल कामी ६ र शक्ति गौचनले ५ रन जोडे ।
सागर पुन २१ र अमृत भट्टराई ६ रनमा अविजित रहे । सिङ्गापुरलाई सस्तैमा समेट्नेक्रममा नेपालका लागि सोमपाल कामी र वसन्त रेग्मीले समान चार/चार विकेट लिए भने अमृत भट्टराईले २ विकेट हात पारे ।
सोमबार आफ्नो चौथो खेलमा नेपालले संयुक्त राज्य अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति:
October 26, 2014