चितवन प्रहरीले गुण्डा गर्दी गरेको आरोपमा एमाले सम्बद्ध युवासंघका कार्यकर्ता “चमेरो” उपनाम गरेका प्रकाश रेग्मीलाई पक्राउ गरेको छ ।
विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएको हुनसक्ने र जिल्लामा गुण्डागर्दी नियन्त्रण गर्ने आफ्नो योजना मुताविक रेग्मीलाई पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ ।