प्रधानन्यायाधीश र न्यायाधीशसँग शीर्ष नेताको छलफल
काठमाडौँ, ९ कात्तिक । प्रधानन्यायाधीश रामकुमारप्रसाद साहसहित पाँच न्यायाधीशसँग प्रमुख तीन दलका नेताले आज सिंहदरबारमा नयाँ संविधानमा न्यायपालिका सम्बन्धमा राय/सल्लाह लिएका छन् । उनीहरूबीच करिब चार घन्टा छलफल भएको थियो ।
संविधानसभाको संवैधानिक–राजीतिक सहमति संवाद समितिका सभापति डा बाबुराम भट्टराईको आमन्त्रणमा भएको छलफलमा न्यायपालिकाअन्तर्गत नयाँ संविधानसभाको संवैधानिक अदालत राख्ने÷नराख्ने, राखेमा त्यसको कार्यक्षेत्र कस्ता हुने, न्यायाधीशहरूको योग्यता, नियुक्ति प्रक्रिया, संवैधानिक निकायमा नियुक्ति प्रक्रिया, न्यायपालिकाभित्र हुने अनियमितताको छानबिनका लागि स्थापना गर्ने संयन्त्रजस्ता विषयमा राय दिइएको थियो ।
बैठकपछि सभापति डा भट्टराईले भने, “हामीहरूबीच जीवन्त छलफल भयो । एकअर्काको भावना साटासाट तथा प्रश्नोत्तर पनि भयो । यसले हामीलाई निष्कर्ष निकाल्न मद्दत गर्नेछ ।”
उनले सहमति निर्माणको अन्तिम चरणमा महत्वपूर्णरूपमा छलफल भएको भन्दै यही कात्तिक १५ भित्रमा महत्वपूर्ण विषयमा प्रमुख दलहरूबीच सहमतिमा पुग्ने विश्वास व्यक्त गरे ।
यसैगरी, नेकपा (एमाले)का नेता माधवकुमार नेपालले एकअर्काका भावना बुझ्न महत्वपूर्ण अवसर भएको प्रतिक्रिया दिए ।
छलफलमा प्रधानन्यायाधीश साहसित वरिष्ठतम् न्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्कीलगायत थिए ।

प्रकाशित मिति:
October 26, 2014