सेफोक्सुन्डोमा नेपालमै नयाँ प्रविधिबाट विद्युत् उत्पादन
डोल्पा, २८ कात्तिक । माथिल्लो डोल्पाको फोक्सुन्डो गाविसको रिग्मो गाउँमा गहिरो सेफोक्सुन्डो तालबाट निस्केको पानीबाट नेपालमै नयाँ प्रविधिबाट विद्युत् उत्पादन गरिएको छ ।
उक्त विद्युत् विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा र क्यानडा, संयुक्त राज्य अमेरिका को प्राविधिक सहयोगमा निकालिएको हो ।
फोक्सुन्डो जलविद्युत् आयोजना नाम राखिएको उक्त विद्युत्को क्षमता पाँच किलोवाट रहेको छ ।
गत बैशाख महिनामा निकालिएको उक्त विद्युत् तालसम्म पुग्ने हजारौँ विदेशी र स्वदेशी पर्यटकको सेवा सुविधालाई मध्यनजर गरी उत्पादन गरिएको निर्माण कम्पनी न्यू इनर्जीले बताएको छ ।
तालबाट निस्केको पानी सफा भएकाले यस ठाउँमा विद्युत् निकालिएको र यो प्रविधि नेपालमै नयाँ भएको कम्पनीले जनाएको छ ।
यस जलविद्युत्मा प्रयोग गरिएको सामानहरूको जम्मा तौल ३४१ किलो रहेको छ । यस ठाउँमा बगिरहेको खोलालाई थुनेर खुला रूपमा जेनेरेटर राखेर बिना विद्युत् गृह विद्युत् उत्पादन गरिएको छ ।
विद्युत् उत्पादनपछि ताल वरपरका बस्तीहरू उज्यालो भएको तथा टेलिभिजनबाट देश विदेशका खबरहरू सुन्न पाइने गरेको स्थानीयवासी निमा लामाले बताए ।
आजभोलि विद्युत् सेवा चौबीसै घन्टा सुचारु रहेको छ ।

प्रकाशित मिति:
November 14, 2014