बस दुर्घटनामा ११ ले ज्यान गुमाए, २९ घाइते
मंसिर १३ । डोटीको दिपायलबाट महेन्द्रनगर जाँदै गरेको एक यात्रु बाहक बस कैलालीको सहजपुर-२ भासुभिर नजिकै दुर्घटना हुँदा ११ जनाको निधन भएको छ ।
ना ५ ख ५४२० नम्बरको रात्रि बस राति १ बजे दुर्घटना हुदा ८ जनाको घटनास्थलमै र तीन जनाको उपचारकोक्रममा अस्पतालमा मृत्यु भएको हो ।
टायर पंक्चर भएर बस नियन्त्रण बाहिर गएको बताइएको छ ।
मृत्यु हुनेमा डोटीको दौड गाविसकी ५२ वर्षीया विष्ना भण्डारी र ४० वर्षीया तिउरी नागरीको मात्र सनाखत भएको छ । दुर्घटनामा २९ जना घाइते भएका छन् ।
प्रकाशित मिति:
November 29, 2014