आठ दिन पछि सल्यानको देवस्थलमा भेटियो कालिका खड्काको सव दुर्घटनामा परी मृत्यू हुनेको संख्या ४८ पुग्यो

जाजरकोट ११ मंसिर । बस दुर्घटनामा परि वेपत्ता भएकी खलंगा १ की कालिका खड्काको सव आठ दिन पछि विहीवार सल्यानको देवस्थल भेरी नदीको किनारमा फेला परेको छ । सल्यानको सल्लीवजार स्थित प्रहरी चौकी र स्थानियवासीहरुको सक्रियतामा कालिका खड्काको सव फेला परेको हो ।
सल्लीवजार प्रहरी चौकी र सुर्खेत राकम प्रहरी चौकीको संयुक्त प्रहरी टोलीले कालिकाको सव नदीवाट निकाली सनाखत गरि सकेको जाजरकोट जिलला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी मृत्यू हुनेको संख्या ४८ जना पुगेको छ भने वेपत्ता हुनेको संख्या अझै ५ रहेको छ । साथै उक्त दुर्घटना परी ११ जना घाईते भएका थिए ।
सदरमुकाम खलंगा देखि सुर्खेत राकमका लागि गत विहीवार विहान हिडेको ६३ जना यात्रु वोकेको ना ३ ख १४०८ नम्वरको बस भुर गाविस रावतगाउँको भिरवाट पल्टेर ५० मिटर तल भेरी नदीमा बस डुवेको थियो ।
मृतलास सहित भेरी नदीमा डुवेको वसलाई नदी वाहिर निकाली सवै लासहरु निकाल्न नेपाल आर्मी, शसस्त्र प्रहरी, नेपाल प्रहरीको संयुक्त टोलीलाई ४ दिन लागेको थियो ।
प्रकाशित मिति:
November 27, 2014