विवाह गर्ने उमेर नपुग्दै तीन सन्तानकी आमा
वीरेन्द्रनगर, २८ कात्तिक । कलिलो अनुहार, फुटेका मैला खुट्टा अनि हातमा करिब एक वर्षको बच्चा हेर्दा लाग्थ्यो, उनी आफैँमा दुःखी छन् ।
पूर्वी सुर्खेतको आग्रीगाउँ गाविस–९ का अनिता सुनार हेर्दा आफैंमा बालिका देखिन्छिन् । विवाह गर्ने उमेर उनको पुगेको छैन तर तीन सन्तानको जिम्मेवारी उनको काँधमा छ ।
खाउँखाउँ लाउँलाउँ भन्ने अनि राम्रो शिक्षा लिने र भविश्य कोर्ने १२ वर्षको उमेरमै उनलाई विवाह बन्धनमा बाँधिनुप¥यो । अहिले उनी १७ वर्ष पनि पुगेकी छैनन्, तीन सन्तानको आमा बनिसकेकी छिन् ।
मलिनो उनको अनुहार देख्दा लाग्छ, खुसी र सुख भन्ने कुरा उनले बिर्सिसकेकी छिन् । बिहानै उज्यालो हुनुपूर्व उठेर दैलो लिपी घरपारिको धाराबाट पानी ल्याएर चिया पकाई सबैलाई खुवाएपछि उनको दैनिकी सुरु हुन्छ ।
काखमा दूधे बालक पनि छ, उनको भर्खंरै विद्यालय जाने उमेर पुगेको ठूलो छोरा राकेश र तीन वर्षकी छोरी आरजूको लालनपालन पनि उनैले गर्नुपर्छ ।
आर्थिक अवस्था कमजोर भएकै कारण श्रीमान् पैसा कमाउन भारत गएको र घरमा सासू, आफू अनि आफ्ना सन्तानमात्रै बस्ने गरेको उनले सुनाइन् ।
एउटा बच्चालाई सम्हाल्न धौधौ पर्ने उनलाई तीन सन्तानको जिम्मेवारी अनि घरबारको दायित्व पनि एक्लै उठाउन परेको छ ।
आर्थिक समस्याका कारण आफूजस्ता कैयौँ बालिका उमेर नपुग्दै बिहे गर्नुपरेको र उमेर नपुग्दै आमा बन्नुपरेको उनले सुनाइन् ।
उनी भन्छिन्, “माइती घरको आर्थिक अवस्था कमजोर भएकाले सानैमा विवाह गरेर आउनुप¥यो । श्रीमान् घरमा हुनुहुन्न । समस्या प¥यो भने सासूसँग भन्न अप्ठ्यारो लाग्छ ।”
आग्रीगाउँबाट घन्टाँै पैदल हिँडेर एक वर्ष पुग्न लागेको काखे बालक लिएर उनी घोरेटा गाविसको सिर्जना बजारमा रहेको क्लिनिकमा उपचार गर्न आइपुग्छिन् ।
घरेलु औषधि र झारफुक गर्दा पनि निको नभएपछि औषधि गर्न यहाँ ल्याएको उनी सुनाउँछिन् ।
गाविसको स्वास्थ्य संस्था टाढा र संस्थामा पनि स्वास्थ्यकर्मी नबस्ने भएका कारण औषधि गर्न टाढा जानुपर्ने बाध्यता रहेको उनी बताउँछिन् ।
घोरेटा गाविसका पुट्की सुनारको पनि स्वास्थ्य संस्थामा पहुँच पुग्न नसक्दा अकालमै मृत्यु भएको थियो । स्वास्थ्य संस्था टाढा र बर्थिङ सेन्टर नहुँदा उनले अकालमै ज्यान गुमाउनु परेको थियो । उनले पनि बालविवाह गर्नुपरेको थियो ।
यी त केही प्रतिनिधि पात्रमात्र हुन् सुर्खेतमा । अझ पनि कैयौँ बालिकाले बालविवाह गर्ने गरेका छन् । कोही आफँै विवाह गर्छन् भने कोहीलाई परिवारले गरिदिन्छन् ।
बीस वर्ष नपुग्दै विवाह गर्न नहुने भनेर सरकारले विभिन्न कार्यक्रम ल्याए पनि धेरै उमेर नपुगेका यहाँका महिला बालविवाह गरी आमा बनिसकेका छन् । रासस

प्रकाशित मिति:
November 14, 2014