आर्थिक विकासका लागि सक्षम नेतृत्व र परिश्रम : कोरियाली राजदूत
बुटवल, २७ कात्तिक । नेपालका लागि दक्षिण कोरियाली राजदूत छो योङ जिनले आर्थिक विकासका लागि सक्षम नेतृत्व र निरन्तर परिश्रम आवश्यक भएको बताएका छन् ।
कोरियामा रोजगारी गरेर फर्केका नेपालीको संस्था अङ्कुर नेपालको दोस्रो अधिवेशनको आज यहाँ उद्घाटन गर्दै राजदूत जिनले विज्ञको सुझावका आधारमा विकासको योजना तर्जुमा गरी कोरियाले निरन्तर परिश्रम गरेर मुलुकलाई समृद्ध बनाएको बताए ।
अहिले कोरिया विश्वकै विकसित राष्ट्रसँग प्रतिस्पर्धामा रहेको उल्लेख गर्दै राजदूत जिनले पछिल्लो समय कोरियामा भएको भौतिक विकासमा नेपाली कामदारको पनि भूमिका रहेको बताए ।
कोरिया सरकारको मानव संसाधन विभाग रोजगार अनुमति प्रणाली केन्द्र नेपालका निर्देशक इ दोङ सकले नेपाली कामदार लगनशील र इमान्दार भएकाले कोरियाली रोजगारदाताको पहिलो छनोटमा पर्ने गरेको बताए ।
प्रकाशित मिति:
November 13, 2014