सामाजिक सुरक्षा भत्ताको स्थलगत छानबिन हुन सकेन
जाजरकोट १० मंसिर । ढिमे गाविसको सामाजिक सुरक्षा भत्ता वितरणमा भएको अनियमितत्ताको स्थलगत छानविन हुन सकेको छैन ।
सामाजिक सुरक्षा भत्ता वितरणमा संलग्न सामाजिक परिचालक रत्न बहादुर नेपालीलाई जागिरवाट अवकास गरि सकिएको भन्दै स्थलगत छानविन हुन नसकेको हो ।
सामाजिक सुरक्षा भत्ता वितरणमा प्रत्यक वर्ष अनियमितत्ता हुदै आएकोले स्थलगत छानविन गर्नु पर्ने स्थानियहरुले माग राख्दै आएका छन् ।
ढिमे गाविस वडानं. ८ की पम्फा कामी,वडानं. १ का चमारे कामी, वडानं. २ की धनसरि भण्डारी र वडानं. ३ कि लालसरि शाहीको मृत्यू भैसकेको एक वर्ष सम्म उनको नाममा भत्ता वुझेको भरपाई कार्यालयमा पेश गरिएको स्थानिय काली बहादुर नेपालीले वताए ।
वडानं. ३ का धर्मे खड्का, वडानं. १ का तिसरे कामी र वडानं. ८ की धनि कामीको, वडानं. २ कालिका चनारा, वडानं. ५ की भद्रशिला वोहरा नामवाट जेष्ठ नागरिक भत्ता वुझेको भरपाई गराएको आफुले पाएता पनि उक्त उक्त व्यक्तिहरु सम्वन्धीत वडामै नभएको नेपालीले दावी गरे । उनले यस्तै खालका थुप्रै अनियमितत्ताहरुको सहि जाँचवुझको लागि सरोकारवाला निकाएले स्थानियको सहभागितामा स्थलगत छानविन हुनु पर्छ भने ।
ढिमे ६ छहरागाउँ का विवेक नेपालीले पाउने दलित वालवालीका भत्ता दुई चौमासिकले हुन आउने १६ सय रुपैया वुझ्न गाविस कार्यालयमा आउदा भत्ता वुझिसकेको भरपाई देखिसकेकोले गाविस मुखिया ऐन बहादुर सिंहले आलटाल गरेर भत्ता नदिएको विवेककी आमा विमला नेपालीले वताईन ।
गत आर्थिक वर्ष २०७०/०७१ मा ढिमे गाविस वडानं. ८ समाईला र ९ नारेको सामाजिक सुरक्षा भत्ता वितरणमा गाविस सामाजि परिचालक रत्नबहादुर नेपालीले अनियमितत्ता गरेको भन्दै नेपालीलाई गत साउन २५ देखि जागिरवाटै अवकास गरेको गाविस कार्यालयले जनाएको छ । भत्ता वितरणमा अनियमितत्ता गर्ने कर्मचारीलाई नै जागिरवाट अवकास गरिसके पछि स्थलगत छानविनको आवश्यक नभएको जिल्ला विकास समिति कार्यालयले जनाएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरणमा भएको अनिमितत्तालाई नियन्त्रण गर्न जति छानविन गगरेता पनि गाविस र जिविस कर्मचारीहरुको मिलेमतोमा कागजजात मिलाईहाल्ने गरेको रत्नबहादुर नेपालीले वताए । उनले छानविनका लागी स्थलगत रिर्पोट तयार गरि सम्पूर्ण विल,भरपाई हेर्नुका साथै रकमको जोड घटाउमा जाच गरे मात्र छानविनवाट केही तथ्य पत्ता लाग्न सक्ने तर्क गरे ।
प्रकाशित मिति:
November 26, 2014