बाजा बजाएर बाँदरको बिहे

कार्तिक १९ , काठमाडाैँ । भनिन्छ कार्तिक महिना कुकुरले विहे गर्ने महिना हाे , यहि कुकुरले बिहे गर्ने महिनामा भारतका व्यक्तिले तामझामका साथ एक बादरको विवाह गराइ दिएका छन् । विहार स्थित बेतिया गाउँका एक व्यक्तिले व्याण्ड बाजा बजाएर बाँदरको विवाहा गराई दिएकाछन । उदेश महतो नाम गरेका ती व्यक्तिले आफ्नो घरमा पालेको रामु नाम गरेको बादरको , रामदुलारी नाम गरेकी बादर्नीसँग मान्छेको जस्तै बाजागाजा सहित विवाह गराइ दिएका हुन ।
बाँदरको बिवाहमा उनले निमन्त्रणा कार्ड बनाएर तीन सय व्यक्तिलाई बोलाएका थिए । बिवाह सकेपछि बेलुका प्रीतिभोजको समेत आयोजना गरेका थिए । बिवाहको क्रममा दुलाहा बाँदरलाई विशेष कारमा सवार गराइएको थियो ।
अाजको अन्नपूर्ण पोष्टबाट
प्रकाशित मिति:
November 05, 2014