अङ्कगणितकै भरमा मात्र संविधान लेख्ने प्रयास गर्नु गम्भीर गल्ती : दाहाल

सूर्योदय नगरपालिकाको फिक्कलमा आज आयोजित पत्रकार भेटघाटमा उनले दाहालले काँग्रेस एमालेले ल्याएको सात प्रदेशको प्रस्तावमा गणतन्त्र सङ्घीयतालगायत भाव नभएको जिकिर गरे ।
राज्य पुनःसंरचनामा पहिला एक हिसाबबाट सहमतिको नजिक पुगेको १० वा ११ प्रदेशको प्रस्तावको सेरोफेरोमा सहमति गर्न उपयुक्त हुने बताउँदै उनले एकल र बहुपहिचान भन्ने सवाल ठूलो कुरा होइन भने । संवाद समितिले सहमतिको प्रयास जारी राखेको बताउँदै उनले माघ ८ मै संविधान पाउने आस भने मरि सकेको छैन भने ।
पत्रकार सम्मेलनमा मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले ‘एक मधेस एक प्रदेश’का पक्षमा आफूहरू नरहेको बताउँदै मधेसका भूभागलाई पहाडसँगै मिसाएर प्रदेश विभाजन गर्दा आफूहरूलाई आपत्ति नहुने स्पष्ट गरे ।
प्रकाशित मिति:
November 05, 2014