नायिका केकीको घर लिलाम गर्ने बैंकको चेतावनी
मंसिर । नायिका केकी अधिकारी जमानीमा बसेर बुवा आमाको नामबाट बैंकबाट लिइएको ऋण तिर्न नसक्दा बैंकले घर लिलाम गर्ने चेतावनी दिएको छ ।
कुनै पनि विवादमा नमुछिएकी केकी र उनको आमा बुवाको तस्बिर सहित सिभिल बैंकले ३५ दिने सूचना प्रकाशित गरेपछि उनी अप्ठ्यारोमा परेकी छिन् ।
ऋण र त्यसको ब्याज ३५ दिन भित्र नतिरे बैकं तथा बृत्तिय संस्थाको ऋण असुली ऐन २०५८ बमोजिम केकीको घर लिलाम गर्ने चेतावनी बैंकले दिएको छ । ऋण कति हो भन्नेबारे भने खुलाइएको छैन ।
केकीको परिवारले स्कुल सञ्चालनमा लागेको घाटा र फिल्म ज्यान हाजिर छ निर्माण गर्दा परेको घाटाले ऋण तिर्न समस्या परेको बताएका छन् ।
केकीका पिता बद्री अधिकारी फिल्म निर्देशक एवं शिक्षक समेत हुन । घर जग्गा धरौटीमा राखेर परिवारले ऋण लिदा केकी जमानत बसेकाले उनको तस्बिर सहित बैंकले ३५ दिने सूचना राष्ट्रिय दैनिकमा प्रकाशित गरेको हो ।

प्रकाशित मिति:
November 18, 2014