माओवादीका तीन नेता पार्टीबाट अनिश्चितकालका लागि निलम्बित
मंसिर २ । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले तीन जना काठमाडौं जिल्ला सदस्यलाई अनिश्चितकालका लागि निलम्बन गरेको छ ।
जिल्ला सदस्यहरु राजु कार्की, घनश्याम श्रेष्ठ (पुष्कर) र जिल्ला सदस्य तथा अखिल नेपाल क्रान्तिककारी ट्रेड युनियन महासंघ जिल्ला संयोजक भीम चापागाई निलम्बनमा परेका हुन् ।
उनीहरुलाई सांगठनिक तथा आर्थिक अराजकता र अनुशासन हिनताका कारण पार्टी सदस्यबाट अनिश्चितकालका लागि निलम्बन गरिएको माओवादीले जनाएको छ ।
पार्टी हित विरोधी सांगठनिक तथा आर्थिक अराजकता, गृट र फुट परस्त गतिविधि रोक्न पटक पटक दिइएको निर्देशनको अवज्ञा गरेको र समय सीमा भित्र स्पष्टिकरणसहित उपस्थित हुन दिइएको लिखित निर्देशनको अवहेलना गरेकाले निजहरुलाई निलम्बनको कारबाही गर्न जिल्ला पार्टी बाध्य भएको सचिव सुरेश श्रेष्ठद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति:
November 18, 2014