त्रिवि सेमेस्टरमा अस्तव्यस्त, तोकेको समयभन्दा २ महिना ढिला पनि नजिता आएन
मंसिर २ । त्रिभुवन विश्वविद्यालयले एउटा सफ्टवेयरसमेत तयार गर्न नसक्दा पहिलो सेमेस्टरको नतिजा तोकिएको समयको दुई महिना बितिसक्दा पनि सार्वजनिक गर्न सकेको छैन ।
लिखित र प्राक्टिकलको नम्बर मिलाउन सफ्टवेर समेत नभएकोले गत असोजको पहिलो साता सार्वजनिक गर्ने तयारी गरिएको पहिलो सेमेस्टरको नतिजा मंसिर लागिसक्दा पनि आएको छैन ।
त्रिविले कहिलेसम्म नतिजा निकाल्ने, कुन डिपार्टमा कति शुल्क निर्धारण गर्ने, चार सेमेस्टारका लागि के-के पाठ्यक्रम राख्ने भन्नेबारे पनि कुनै पूर्व तयारी गरेको छैन ।
पत्रकारिता केन्द्रीय विभागमा शुल्कको विषयमा ४५ दिनसम्म ताला लागेको थियो अहिले भने पठनपाठन चालु भइरहे पनि नतिजा नआउँदा विद्यार्थीहरु मर्कामा परेका छन् ।
अर्कातर्फ नजितामा नम्बरीङ गर्ने कि ग्रेडिंङ गर्ने, ग्रेडिंङमा कतिसम्मलाई ब्याक दिन पाउने व्यवस्था गर्ने, कति ल्याउनेलाई पुनः परीक्षा दिन लगाउने भन्ने विषय पनि अन्यौलमा छ । यो विषयमा डिपार्टमेन्टहरु तथा शिक्षकहरु समेत अनविज्ञ रहेको पाइएको छ ।
त्रिविले सेमेस्टार सञ्चालन नियामवली नबनाई हतार हतार सेमेस्टार लागू गर्दा यस्तो समस्या आएको हो ।
यसै वर्षदेखि पहिलो पटक लागू भएको सेमेस्टार प्रणाली ब्यवस्थापनको कमजोरीका कारण छोटो समयमै अस्तब्यस्त बन्न पुगेको छ ।
सेमेस्टर प्रणाली राम्रो हुँदा हुँदै ब्यवस्थापनमा चुकेको त्रिविकै अधिकारी बताउँछन् । तयारी बिना सेमेस्टर सुरु गरिएकाले अलमलमा परेको त्रिविका अधिकारीको भनाइ छ । चार सेमेस्टरको कोर्ष तयारी नगरी सेमेस्टर सुरु गरिएको थियो भने पढाइ सुरु भएपछि मात्र कोर्ष बनेको थियो ।

प्रकाशित मिति:
November 18, 2014